राष्ट्रसंघका महासचिवबाट आङ् सान् सूकिईको प्रशंसा

राष्ट्रसंघका महासचिवबाट आङ् सान् सूकिईको प्रशंसा


लण्डन । म्यानामारकी विपक्षी नेतृ आङ् सान् सूकिईले म्यानामारमा लोकतन्त्र स्थापनाका लागि प्रयास गरेका कार्यहरु उपर हिजो मंगलवार राष्ट्रसंघका महासचिव बान की मूनले सराहना गरेका छन् । सूकिईले हालै सांसदको हैसियतमा शपथ ग्रहण गर्ने शपथका शब्दलाई परिवर्तन गरिनु पर्छ भनेर सरकार समक्ष राखेकी आग्रह लाई लोकतान्त्रिक अभ्यास रहेको ठहर गर्दै समर्थन गरेका छन् । मूनको म्यानामार भ्रमणको बेलामा याङगूनस्थित सूकिईकी लेकसाइड निवासमा भएको भेटवार्तामा उनले म्यानामारमा लोकतन्त्र पुनर्स्थापना गर्ने कुरामा अप्ठ्यारो अवश्य रहेको छ तर लोकतन्त्रको ढोका खुलिसकेको छ भन्ने विचार उनले प्रकट गरेका थिए । उनले आङ् सान् सूकिई, जसलाई दशकौसम्म सैनिक सरकारले कैद गरेर राखेको थियो, उनलाई राष्ट्रसंघको मुख्यालय, न्यूयोर्कमा आउने निमण्त्रना दिईसकेका छन् । बानकी मूनकै छेउमा उभिएर म्यानामारकी लोकतान्त्रिक नेतृले निमण्त्रना स्वीकर गरेकी कुरा बताईन तर कहिले त्यताका लागि प्रस्थान गरिने भन्ने दिन नतोकिएको समेत भनेकी थिईन् । सन् १९९१ सालमा उनी कैदमा रहेको बखत उनी शान्तिका नोबल पुरस्कार बाट पुरस्कृत भएकी थिईन, तर, कैदको कारणले गर्दा सो पुरस्कार ग्रहण गर्ने कुरामा उनी प्रतिबन्धित थिईन् । अब आउने जून महिनामा सो पुरस्कारलाई आफुले स्वीकार गरिएको वक्तव्य सम्प्रेषन गर्न उनी नरवे जाने भएकी छिन् । बानकी मून्ले शपथ ग्रहण गर्ने शब्दलाई सरकार समक्ष परिवर्तन गर्नुपर्ने आग्रहलाई सरकारले केहि प्रतिक्रिया नदिएपछि नेतृ सूकिई लचिलो भएर जनता र देशका लागि शपथ ग्रहण गर्ने जस्ता कार्यलाई नेतृत्वको एउटा लचकपन्को राम्रो नमूना हो भनेर प्रशंसा गरेका थिए । सूकिईका अनुसार कुनै पनि लोकतान्त्रिक पद्धतिमा समस्या उठ्दछ भने त्यसलाई अहिंसाको पथ अपनाएर समाधान गरिनु पर्छ भनेकी थिईन् । उनी लगायत नेशनल लिग फर डेमोके्रटिक दलका ४२ जना सांसदहरुले गत महिना भएको मध्यवर्ति चुनावमा भारी मत लिएर विजय भएका थिए । एनएलडीले म्यानामारको संविधानमा शपथ ग्रहणका लागि उल्लेख गरिएको शब्द “यसलाई रक्षा गर्ने“ भन्ने शब्दलाई हटाएर “यसलाई पालना गर्ने” भन्ने शब्दमा संशोधन गर्ने कुरा आग्रह गरेको थियो । तर, सरकारको तर्फबाट यसबारे प्रतिक्रिया दिने लक्षण नदेखिए पछि देशका ससाना जनजाती समूह र अरु सांसदहरुका आग्रहमा आङ् सान्ले उनी लगायत ४२ जना सांसदहरुले शपथ लिने भएका छन् । श्रोत – नेट, सुमल, मेस ।