देउवाले ‘सि’ लाई दिए बधाई

देउवाले ‘सि’ लाई दिए बधाई


प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ कम्युनिष्ट पार्टीको १९औँ राष्ट्रिय कँग्रेस सफलतापूर्वक सम्पन्न भएकोमा र पार्टी महासचिव पदमा पुनःनिर्वाचित भएकोमा जनगणतन्त्र चीनका राष्ट्रपति सि जिनपिङलाई बधाई ज्ञापन गरेका छन् ।

राससका अनुसार बुधवार दिएको बधाई सन्देशमा प्रधानमन्त्री देउवाले सिको महासचिव पदमा दोस्रो पटकको विजय चिनियाँ जनता र चिनियाँ कम्युनिस्ट पार्टीले उनको गतिशील नेतृत्वप्रति दर्शाएको ठूलो विश्वासको संकेत भएको उल्लेख गरिएको छ ।

आउँदा दिन नेपाल–चीन द्विपक्षीय सम्बन्ध विविध पक्षबाट झागिँदै जाने र नयाँ उचाइमा पुग्ने विश्वास पनि प्रधानमन्त्री देउवाले व्यक्त गरेका छन् ।