(गजल) उनी अचेल- बज्र कुमार राई

(गजल) उनी अचेल- बज्र कुमार राई


मेरो छायाँदेखि पनि भाग्छिन् उनी अचेल।
मैले फेर्ने सास पनि माग्छिन् उनी अचेल।।

विस्तारामा पल्टेर आँखा चिम्ली बस्दा’ नि,
कात्रोले मेरो शरीर ढाग्छिन् उनी अचेल।।

मैले गर्ने प्रेममा के कमी भयो कुन्नि १
अन्तै घरबार जोड्न लाग्छिन् उनी अचेल।।

गहभरि आँशु देखाई मायाले बोलाउँदा’ नि,
चक्कु-छुरी, तीर-भाला ताक्छिन् उनी अचेल।।

कति नराम्रो सपना देख्न थालें निरन्तर,
भूतप्रेत,जागित्रा झैं जाग्छिन् उनी अचेल।।