लण्डन / आज, सबेरैदेखि इङ्गल्याण्ड, वेल्श र स्कटल्याण्डका विभिन्न स्थानीय मतदान केन्द्रहरुमा मतदानका लागि जनताहरु दिनभरि भोट दिन धमाधम गइरहेका छन् । लण्डन, लिभरपूल र साल्फोर्डका मेयरहरुका चुनाव पनि आज नै सम्पन्न भइरहेको छ । ४७०० भन्दा बढी काउन्सिलका सिटहरुका लागि प्रत्याशीहरु भिड्दैछन् । सन् २००८ सालमा उठेका प्रायजसो प्रत्याशीहरु यसपालि पनि उठेका छन् । स्कटल्याण्डका ३२वटा सिट र वेल्शका २१ वटा शीटका लागि पनि पहिलेकै अनुहारहरु बढी छन् । उनीहरुका भाग्य आजको मतदानबाट निर्धारण हुनेछ । इङ्गल्याण्डका दशवटा मेयरहरुका चुनावको फैसला पनि जनताले आज नै गर्नेछ । बिहानको सातबजेबाट शुरु भएको मतदान प्रक्रिया राती दशबजेसम्म चालु रहने छ तथा शुक्रवार बिहानदेखि मतदानको नतिजा सम्प्रेषन गरिंदै जानेछ । कतिपय काउन्सिलहरुका मतदान नतिजा भने शुक्रवार कार्यालय खोलेपछि मात्र प्रसारण गरिनेछ । फाट्फुट् झरी र बादल माँझ बेलायतवासीहरु आ-आफ्नो हिसाबले समय निकाल्दै चुनावमा भाग लिइरहेका छन् । इङ्गल्याण्डका स्थानीय प्राधिकरणले ४७२२ जना काउन्सिलरहरुका नतिजा निर्धारण गर्नेछ । ३६वटा मेट्रोपोलिटन काउन्सिलहरुमा काउन्सिलर पदका प्रत्याशीहरु भिड्दै छन् । बिरमिङ्घाम, ब्राडफोर्ड, म्यान्चेस्टर, लिभरपूल, लीड्स शेफिल्डका प्रत्याशीहरु कुल प्रत्याशीहरुका तीनभाग मध्येका एक भाग रहेका छन् । यसै बखत ७४ वटा शायर डिस्टि्रक्टका काउन्सिलहरु र १८ वटा युनिलेटरी डिस्टि्रक्ट काउन्सिलहरुका मतदान भईरहेको छ । स्कटल्याण्डमा ग्लास्गो, अबरडिन् र एडिर्न्बर्गसमेत गरी ३२वटा यूनिलेटरी अथोरिटीका लागि मतदान भइरहेका छ । लण्डनका मेयर प्रत्याशीमा कन्जर्भेटिभका बोरिस जोन्सन्, लेबर पार्टीका केन लिभिङ्स्टोन्, लिबडेमका ब्रायन पैड्डिक, स्वतन्त्र प्रत्याशी सायोभान बेनित, बीएनपीका कार्लोस कोर्टिग्लीया, ग्रीनपार्टीका जेन्नी जोन्ा्स र युकेआईपीका लारेन्स वेबहरु चुनावी मैदानमा उत्रेका छन् । लिभरपूलमा मेयर प्रत्याशीका लागि १२ जना र सालफोर्डमा १० जना पुगेका छन् । श्रोत – बीबीसी, सुमल, मेस ।
प्रतिक्रिया