मतपत्र छपाइको कार्य तत्कालका लागि रोकियो

मतपत्र छपाइको कार्य तत्कालका लागि रोकियो


तत्कालका लागि निर्वाचन आयोगले प्रत्यक्षतर्फको मतपत्र छपाइको कार्य रोकेको छ । शुक्रबारदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गर्ने आयोगको कार्यतालिका थियो ।

सर्बोच्च अदातले प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र एउटै रहने कि छुट्टाछुट्टै भन्ने विषयमा कारण देखाउ आदेश जारी गरेपछि अन्योल बढेसँगै आयोगले तत्कालका लागि मतपत्र छपाइको कार्य रोकेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फका मतपत्र छुट्टाछुट्टै छाप्न बाध्य पार्ने गरी सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएपछि निर्बाचन हुने की नहुने भन्ने शंका मतदातादेखि नेताहरुसम्म पर्न थालेको छ । तर आयोगले केही ढिला गरी मतपत्र छापिए पनि समयमै निर्वाचन गर्न सकिने आधार भने दिएको छ ।