कञ्चनपुरको डोकेबजार–दैजी हुलाकी राजमार्गको निर्माण तीब्र

कञ्चनपुरको डोकेबजार–दैजी हुलाकी राजमार्गको निर्माण तीब्र


कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने डोकेबजार–बेलौरी–बेल्डाँडी–दैजी सडक खण्डको ६२ किलोमिटर हुलाकी राजमार्ग कालोपत्रेका लागि कार्य तीब्र गतीमा अगाडी बढेको छ ।

विगत लामो समयदेखि कालोपत्रे हुन नसकेको उक्त ६२ किलोमीटर सडकखण्ड नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएको समयमा ठेक्का भई काम सुरु भएको हो ।

गत माघ ६ गते तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री लेखकले शिलान्यास गरेको उक्त हुलाकी राजमार्गको निर्माण कार्य तीब्र गतिमा भइरहेको हुलाकी राजमार्ग आयोजना प्रमुख तुरुन्त मण्डलले बताए ।