‘प्रधानसेनापतिको अमेरिका–यात्रा फलदायी’

‘प्रधानसेनापतिको अमेरिका–यात्रा फलदायी’


संयुक्त राज्य अमेरिकाको युएस आर्मड् फोर्सको आमन्त्रणमा वासिङ्टन डीसी जानुभएका प्रधानसेनापति राजेन्द्र क्षत्री ‘Global Chiefs of Defense Conference on Countering – Violent Extremist Organization (VEOs)’ मा सहभागिता जनाएर स्वदेश फर्कनुभएको छ । उक्त कन्फरेन्स यही कात्तिक ६ र ७ गते आयोजना भएको थियो ।

अमेरिका भ्रमणको क्रममा प्रधानसेनापतिले उक्त कन्फरेन्समा सहभागी भएका विभिन्न मित्रराष्ट्रका सेनाप्रमुख तथा उच्चस्तरीय सैनिक पदाधिकारीहरूसँग अलग भेटघाट गरी आपसी हितका विषयमा छलफल गर्नुभएको बताइएको छ ।

उच्च तहको सैनिक नेतृत्व वर्गको यस किसिमको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र अमेरिकालगायत अन्य सहभागी मित्रराष्ट्रका सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।