अनाथ बालबालिकालाई खाद्यान्न तथा नगद सहयोग

अनाथ बालबालिकालाई खाद्यान्न तथा नगद सहयोग


नेपाल तरुण दलको ६४ औं स्थापना दिवसको अवसरमा तरुण दल लमजुङ क्षेत्र नं २ ले खाद्यान्न तथा नगद सहयोग गरेको छ । समितिले शुक्रबार एक कार्यक्रमको आयोजना गरी बेसीशहरस्थित आदर्श महिला तथा बाल विकास केन्द्रलाई सहयोग गरेको हो ।

स्थापना दिवसको अवसरमा तरुण दल लमजुङ क्षेत्र नं २ का सभापति खुशीजंग गुरुङले अनाथ बालबालिकाहरुलाई ५ बोरा चामल, एक कार्टुन तेल र प्रत्येक बालबालिकालाई एकएक प्याकेट खाजा वितरण गरेका थिए ।

उनले तरुण दल स्थापना दिवसको अवसरमा अनाथ बालबालिकाहरुका लागि आफूले सकेको सहयोग गरेको बताए ।

यस्तै, सभापति गुरुङले बालबालिकाका लागि नगद ५ हजार समेत सहयोग गरेका बताए ।

सहयोग वितरण कार्यक्रममा सभापति गुरुङले आगामी दिनमा पनि बालबालिकालाई सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै अध्यनमा बिशेष ध्यान दिन आग्रह गरेका थिए ।