कम्युनिष्टलाई मतदान गर्न क्रिश्चियनहरूको उर्दी !

कम्युनिष्टलाई मतदान गर्न क्रिश्चियनहरूको उर्दी !


कम्युनिस्ट एकताको नाममा गरिएको ‘बाम–गठबन्धन’को तारतम्य अकस्मात कसरी जु¥यो भन्ने जिज्ञासा कायम रहेकै बेला यस रहश्यमयी गठबन्धनको तार नेपाललाई इसाइकरण गर्न सक्रिय तत्वहरूसँग समेत जोडिएको खुलासा भएको छ ।

‘राष्ट्रिय इसाइ समाज एकता केन्द्र नेपाल’ नामक एक क्रिश्चियन धर्म प्रचारक संस्थाले आगामी मंसिरमा हुन लागेको प्रदेस एवम् प्रतिनिधि सभाको निर्वाचनमा कम्युनिष्ट उम्मेदवारहरूलाई मतदान गरी विजयी गराउन उर्दी जारी गरेपछि यसको खुलासा भएको हो ।

उक्त क्रिश्चियन संस्थाले नेपालभरका क्रिश्चियनहरूलाई बाम गठबन्धनका उम्मेदवारहरूलाई मतदान गरी विजयी तुल्याउन निर्देशनात्मक अपिलसहितको पत्र नै जारी गरेको छ । राष्ट्रिय इसाइ समाज एकता केन्द्र नेपालका पूर्वमहासचिव रामप्रसाद न्यौपानेको हस्ताक्षरसहित यही कात्तिक ८ गतेको मितिमा जारी पत्रमा भनिएको छ– ‘बदलिएको राजनीतिक परिवेश र तत्कालै सम्पन्न हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा धार्मिक स्वतन्त्रता र राष्ट्रिय रक्षा तथा दिगो विकासका लागि ऐतिहासिक वाम–गठबन्धनका प्रत्यक्ष उम्मेदवारका लागि गोलाकारभित्रको हँसिया हथौडा र सूर्य, समानुपातिकतर्फ माओवादी केन्द्रको हँसिया हथौडा चुनाव चिन्हमा मतदान गर्न देशैभरी रहेका क्रिश्चियन समुदाय (चर्च)का पास्टर अगुवा तथा सम्पूर्ण विश्वासी सदस्यहरूमा अनुरोधका साथै हार्दिक अपिल गर्दछौँ ।’

यसरी क्रिश्चियन धर्मप्रचारक संघ–संस्था नै बाम–गठबन्धनको पक्षमा नाङ्गो रूपमा उत्रिएबाट एमाले र माओवादी केन्द्रबीच भएको गठबन्धनको जड कहाँसम्म रहेछ भन्ने बुझ्न त सहज भएकै छ, उदार हिन्दुत्वविरुद्ध वाह्य शक्ति हातै धोएर नेपालमा लागिपरेको समेत प्रमाणित हुन पुगेको छ ।