सप्तरीको राजविराजबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबहाक रात्री बस आज बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेर बेपत्ता भएको छ । बस धादिङको गजुरी– बांगेमोडमा बस दुर्घटना भएको हो ।
सडकबाट सिधै खसेको बस त्रिशुली नदीमा डुबेको बताइएको छ । बसको नम्बर र कति यात्रु थिए भन्ने नखुलेको गजुरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटना स्थलबाट १५ जना घाइतेलाई उद्धार गरिएको छ ।
अहिले दुर्घटनास्थलमा उद्धारका लागि नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीको टोली तैनाथ छन् ।
घाइतेहरुको धादिङस्थित गजुरी अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया