स्कटल्याण्डमा मेघा कल्चर इभेन्ट भब्यतापूर्वक सम्पन्न

स्कटल्याण्डमा मेघा कल्चर इभेन्ट भब्यतापूर्वक सम्पन्न


स्कटल्याण्ड । अर्गनाइजेशन फर नेपलिज कल्चर एण्ड वेलफेयर (ओएनसीडब्लु)को आयोजनामा हालै स्कटल्याण्डको एबरडिनमा मेघा कल्चर इभेन्ट २०१२ भब्यतापूर्वक सम्पन्न भएको छ । उक्त कार्यकममा नेपाली चलचित्र उद्योगका महानायक राजेश हमाल, प्रसिद्ध हास्य कलाकारहरु दीपकराज गिरी र दीपाश्री निरौला, युवा गायक हिमाल सागरको प्रस्तुति रहेको थियो ।
महानायक हमालले आफ्ना प्रसिद्ध सम्वादहरु सुनाएका थिए भने नृत्यहरु प्रस्तुत गरेका थिए । बाँझो खेतमा बोलको गीतमा महानायक हमाल दर्शक्हरुसँगै नाचेका थिए । यस्तै हास्य कलाकार दीपकराज गिरी र दीपाश्रीले एयरपोर्ट भन्सार प्रस्तुत गरेका थिए । कलाकार गिरीले आफ्नो एकल प्रस्तुतिमा विभिन्न राजनीतिज्ञहरुको क्यारिकेचर गर्नुको साथै नेपाली गीत संगीत र गायकगायिकाहरुको बदलिंदो संगीतप्रति ब्यंग्य हानेका थिए । दीपाश्री निरौलाले भने नृत्यहरु प्रस्तुत गरेकी थिईन् ।
कार्यक्रमका अर्का आकर्षण गायक हिमाल सागरले आफ्ना चर्चित आधादर्जन गीतहरु सुनाउँदै दर्शक नचाएका थिए । कार्यकममा आयोजक ओएनसीडब्लुले अतिथि कलाकारहरुलाई स्कटिश टार्टन उपहार दिएका थिए । कार्यक्रममा स्थानीय नेपाली कलाप्रेमीहरुको पनि प्रस्तुति रहेको थियो । सरस्वती स्यानद्यानको कोरियोग्राफीमा नेपालको विविध संस्कृति झल्किने पहिरन र संगीतको सामूहिक प्रस्तुतिलाई विशेष मन पराइएको थियो ।
यस्तै विभु पौडेल, दीपेश रेग्मी, रेणुका उप्रेतीले गीत गाएका थिए भने सुरेन्द्र माकाजुले गितारमा सहयोग पु््र्‍याएका थिए । कार्यक्रममा देवी गुरुङ, सबिना सुवेदी,प्रकृति भट्ट, अनुशुया बोहोरा, मोनिका सापकोटा आस्था ढकाल, अंशु भण्डारी, र्सवज्ञा भुर्त्याल, संसारा स्यानदान, आयुष्मा स्यानदान लगायतको आर्कषक नृत्य रहेको थियो । ठूलो संख्यामा डण्डी र एडिनब्ारा बस्ने नेपालीहरु पनि कार्यक्रम हेर्नकै लागि एबरडिन आएका थिए । आयोजक संस्था ओएनसीडब्लुका अध्यक्ष दीपेश रेग्मीले छोटो समयको बावजुद भब्यतापर्ूवक कार्यक्रम भएकोमा खुशी प्रकट गर्दै कार्यक्रमलाई सहयोग पु्र्‍याउने सबैलाई धन्यवाद दिएका थिए । –भाष्कर अर्याल