सामाजिक अभियन्ता कृष्णराज ओलिया सम्मानित भएका छन् । ओलिया नेपाली कलासाहित्य डट कम प्रतिष्ठान काठमाडौँको युगेश्वर स्मृति पुरस्कारबाट सम्मानित भएका हुन् ।
लमजुङमा जन्मिएर समाजसेवाका माध्यमबाट आफ्नो जीवन अघि बढाइरहेका ओलिया नगद २५ हजार, ताम्रपत्र, खदा, माला, टीका आदिद्वारा सम्मानित भएका छन् । आफ्नै कर्मथलो सर्वोदय सेवा आश्रम हर्राबोट, लमजुङमा आयोजित एक विशेष समारोहमा सम्मानित भएका ओलियाले जिल्लामा आश्रमको स्थापना गरी बृद्ध बाआमाहरुलाई पाल्दै आएका छन् ।
ओलियाले जिल्लामा पर्यटकिय गन्तब्यका लागि संभावना बोकेका सिउरुङ, काउलेपानी, राइनसकोट लगायतका गाउँमा पर्यटन प्रवद्र्धनका लागि सहयोग पुर्याएका छन् ।
ओलियाले आफ्ना छोरा छोरीले हेय भावले हेरेर दुखी जीवन बिताउँदै आएका बृद्धबृद्धाहरुलाई आश्रय दिएर पुण्य काम गर्दै आएका छन् ।
प्रतिक्रिया