बिना कारवाही गुण्डा छाड्न आदेश !

बिना कारवाही गुण्डा छाड्न आदेश !


ठमेलका व्यवसायीलाई धम्की दिएर चन्दा मागिरहेको गुनासोका आधारमा गएराती ठमेलबाट पक्राउ परेका दिपक मनाङेका चेला सुशील गुरुङसहितको पाँचसात जनाको टोलीलाई प्रहरी वृत्त सोह्रखुट्टेले सामान्य तारेखका भरमा छाड्न लागेको भन्दै सम्बन्धित व्यवसायीहरुले गुनासो गरेका छन् ।

गएराती पक्राउ परेका उनीहरुलाई छाड्न महानगरीय प्रहरी आयुक्तको कार्यालयबाट आदेश आएको प्रहरी सुत्र बताउँछ ।

प्रहरी रेकर्ड अनुसार ज्यानमार्ने उद्योगमा पक्राउ परेर कारवाही भोगेका सुशील गुरुङ अवैध हातहतियार तथा विभिन्न गुण्डागर्दी प्रकरणमा समेत परिसकेका व्यक्ति हुन् । निर्वाचनको पूर्वसन्ध्याका साथै राजधानीमा अशान्त वातावरण बढिरहेका बेला गुण्डागर्दीमा संलग्न व्यक्तिहरुलाई खोजीखोजी पक्राउ गर्नुपर्नेमा उल्टै छाड्ने आदेश दिँदा तल्लो तहका प्रहरी निराश देखिएका पिडीत व्यवसायीको भनाई छ ।

स्मरणीय छ, केही दिनअघि मात्रै एआईजी जयबहादुर चन्दले गुण्डालाई नछाड्न र आवश्यक परे इन्काउन्टर गर्न समेत प्रहरी अधिकारीको ब्रिफिङ कार्यक्रममा निर्देशन दिएका समाचार प्रकाशमा आएको थियो । एआईजी चन्दको यस्तो निर्देशन हुँदाहुँदै प्रिहरी नियन्त्रणमा आएका अभियुक्तहरुलाई छाड्ने आदेश कसले दियो, चासोको विषय बनेको छ ।