जंगी अड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबको कान्तिपुर कक्षमा शनिबार सैनिक तथा गैरसैनिक पृष्ठभूमिका कला क्षेत्रसँग सम्बन्धित केही व्यक्ति व्यक्तित्वहरुलाई सम्मानित गरियो । ‘राख्छौँ हाम्रो देशको सान दिई रगतको बलिदान’ भन्ने आदर्श वाक्य रहेको काली बहादुर गणद्वारा आयोजित सम्मान कार्यक्रममा उक्त गणको गौरवमय इतिहास, परम्परा र संस्कृतिलाई जर्गेना गर्न विगत लामो समयदेखि विशेष योगदान पु¥याउनुभएका सैनिक तथा गैरसैनिक व्यक्तिहरुलाई सम्मानस्वरुप दोसल्ला ओडाई सम्मान गर्नुका साथै प्रधानसेनापति राजेन्द्र क्षत्रीबाट अभिन्नदन पत्र प्रदान गरिएको हो ।
काली बहादुर गणको इतिहास एवं मौलिक परम्परालाई हालका दिनसम्म निरन्तरता दिन संगीत, बाद्यवाधन, नाटक, भेषभुषा तथा गीतगान विधामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका प्राविधक सहायक रथी शुभबहादुर सुनाम (अ.प्रा.), पूर्वगणपति महासेनानी शंकरविक्रम शाह (अ.प्रा.), स्व.प्रा. सहसेनानी कृष्णहरि भुषाललगायत लामो समयसम्म गणलाई विविध क्षेत्रबाट सहयोग पु¥याउनुहुने वरिष्ठ स्रष्टाहरु श्रीमती तारा थापा, प्रचण्ड मल्ल, तिर्थ कुमारी, कमल क्षेत्री, स्व. बलबहादुर नेपाली, राधेश्याम श्रेष्ठ, नारायणदेवी श्रेष्ठ, रामलाल श्रेष्ठलाई सम्मानस्वरुप अभिन्नदन पत्र प्रदान गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
उक्त कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रधानसेनापति क्षत्रीले नेपालको सैनिक इतिहासमा ऐतिहासिक विशेषता बोकी अग्रपंतिमा रहेको कालीबहादुर गणले यस प्रकारको कार्यक्रम आयोजना गर्नुले इतिहासलाई गर्व गर्दै त्यसबाट सिकेका पाठहरुमार्फत वर्तमानमा आफुलाई तिर्खान र भविष्यलाई हौसला प्रदान गर्ने विश्वास लिएको बताउनुभयो । वहाँले सम्मानित व्यक्तित्वहरुले पु¥याउनुभएको विशिष्ट योगदानको कदर गर्दै कालीबहादुर गणलगायत नेपाली सेनाको तर्फबाट अभार प्रकट गर्नुभएको थियो ।

प्रतिक्रिया