लण्डन । एकजना अन्धो मान्छेले आफ्नो पत्निलाई पहिलोचोटि “बायोनिक आइ”को माध्यमबाट देख्ने आशा गरेका छन् । यसका लागि उनले बायोनिक आइ प्रत्यारोपण टिमलाई धन्यवाद जाहेर गरेका छन् । क्रिस जेम्सले सातवर्ष अघि उनी अन्धो रहेकै बेला जेनेटलाई विवाह गरेका थिए । ५४ वर्षीय क्रिस विगत बीसवर्षदेखि अन्धा भएर जीवन यापन गरिरहेका छन् । उनले आफ्नी पत्नीलाई कहिल्यै देखेका छैनन् । गत महिना उनको आँखाको सर्जरी गरेपछि उनले कुनै पनि आकारको बाहृय भाग देख्न थालेका छन् । र्सजनहरुले उनको आँखाको पछिल्लो भागमा विधुतीय माईक्रो चिप जडान गरेका छन् । दुई दशकदेखि अन्धो रहेको व्यक्तिले विस्तारै त्यो चिपको जडानपछि गुमाएको आँखाको ज्योति प्राप्त गरिरहेका छन् । विल्टशायर काउन्सिलका कर्मचारी जेम्सले …. म सँधै यस कुरामा सोच्थे कि एक दिन म आँखाले देख्न सकुँला… भनेका छन् । उनले अघि थप्दै … यो पूर्णरुपमा निको हुनेचाँहि होइन तर अँध्यारोमा रहनुभन्दा केही देख्न पाइएमा कल्पनामा रहन पाउनेछु ं.. भनेका छन् । उनकी ६४ वर्षीय पत्नी जेनेटलाई हेर्ने दिनहरु उनले आतूर भएर गनिरहेका छन् । ठट्टा गर्दै उनले … जेनेट मेरो आँखा देख्ने कुरालाई लिएर अति नै रोमाञ्चित बनेकी छिन्, मैले उनलाई कहिल्यै देखेको छैन तर म आशा गर्छु निश्चय नै उनका जुँगा र दाह्रीहरु छैनन् होलान क्यारे… भन्दै हाँसो गरेका थिए ।
जेम्स बेलायतमा पहिलो पटक अक्स्फोर्डस्थित रेडक्लिफ अस्पतालमा आँखाका चिप जडान गर्ने दुई व्यक्ति मध्येका एकजना भाग्यशाली हुन् । र्सजनहरुले उनका आँखाको ज्योति विस्तारै प्रष्टिँदै जान्छ र मानिसको अनुहारसम्म देख्न सक्ने कुरा बताएका छन् । उनले श्यामस्वेत र कमेरो रङ्गको दृष्य देख्ने कुरा बताएका छन् । श्रोत – मेट्रो, सुमल, मेस ।
प्रतिक्रिया