काठमाडौं उपत्यकाभित्र चल्ने र नागढुंगादेखि धुलिखेलसम्म पुग्ने गरी दुई मेट्रो रेल निर्माणका लागि लगानी बोर्डले अन्तिम अध्ययन प्रतिवेदन तयार पारेको छ ।
वर्षौंदेखि मेट्रोरेल निर्माणको चर्चा चले पनि बोर्डले अहिले दुवै मेट्रोरेल निर्माणका लागि अन्तिम प्रतिवेदन तयार पारेको हो ।
राष्ट्रिय योजना आयोगका पूर्वाधार हेर्ने सदस्य संयोजक रहेको समितिले प्रतिवेदन तयार गरेको बोर्डले जनाएको छ ।
समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका साथै अर्थ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र लगानी बोर्डका प्रतिनिधि सदस्य छन् ।
अध्ययन प्रतिवेदनअुसार काठमाडौं भित्र र धुलिखेलसम्म मेट्रोरेल
–दुवै रुट ७९ किलोमिटरको हुने ।
–चार वर्षभित्र निर्माण सम्पन्न हुन सक्ने।
–दुवैको लागत ५ खर्ब ३६ अर्ब
–दुवैलाई ३५–३५ मेगावाट विद्युत आवश्यक
–दैनिक साढे तीन लाख यात्रुलाई सेवा (कारोबार दैनिक)
प्रतिक्रिया