एकादेशमा एकदिन सवेरै
एउटा विशाल जुलुसु
बाघद्वारबाट भित्र छिरेको थियो
जुलुस नौलो थियो
सायद यति ठूलो पहिलो थियो
र त देख्ने सुन्नेहरु टिप्पणीहरु उठाउँदै थिए –
-यो घर बनाउने श्रमजीविहरुको ताँती हो
अब हाम्रो गामघरले नयाँ काँचुली फेर्ने भो ।
-यिनीहरु असार- पन्ध्रका खेतालाहरु हुन्
अब हाम्रो गामघरबाट अनिकाल भाग्ने भो ।
-यो मौरीहरुको जमात हो
अब गामघर मधुशाला बन्ने भो ।
जुलुस देखेर, टिप्पणीहरु सुनेर
दर्शक दीर्घामा उभिएका अनुहारहरुमा
एउटा नौलो आशाको जुन छाएको थियो,
जुलुसले नेटो नकाटेसम्म थप्पडी बजिरहेको थियो ।
जुलुस स्वशासित थियो
सहभागीहरु पनि शुसज्जित थिए
र त सबैले आशा पालेका थिए
जुलुस तीर बनेर बड्ने छ ।
तर, कुनै अजङ्गको अजिङ्गसँग जम्का भेट भएझै,
कतै विद्युतीय झड्का लागेझै
जुलुस बीच बाटामा भेडा बाख्राहरुझै हर्किएका थियो,
बिस्कुनझै पोखिएका थियो ।
यसरी हुर्किएको जुलुस,
यसरी पोखिएको जुलुस
विभाजत हुँदै गए, नयाँ-नयाँ जमातहरुमा
रुपान्तित हुँदै गए, नयाँ-नयाँ रङहरुमा
कुनै ठूलो चक्रव्य्हमा फँसेर विभ्रान्त भएको हुस्सु पथिकझै ।
र विभाजित जमातहरुमा, विभाजित मनहरुमा
विस्तारै-विस्तारै जुलुसका आवजहरु हराउन थाल्यो
ल्पे कार्डहरु भाँचिन थाल्यो
अनि कहिले नसुनिएका दाहोरीमा गाई जात्रा शुरु भयो,
यो केही समय पछिको घटना थियो ।
देख्ने-सुन्नेहरुले फेरि टिप्पणीहरु उठाएका थिए
जुलुस हो, धेरै मनहरु हुन्छन्
सल्लाह पनि हल्ला हुन्छ ।
यो बेला धेरै टिप्पणीहरु सुनिएनन्
किनकि दर्शक दीर्धाका अनुहारहरुमा
मध्यान्हको घाम चढ्दै थियो
तर पनि दर्शक दीर्घा शान्तै थियो
गामघर पनि शान्तै थियो ।
दर्शक दीर्घामा विस्तारै रात छिप्पिँदै थियो
किनकि जुलुस हराएको थियो
थप्पडी बजाउने हातहरु लत्रिन थालेको थियो
मनभरि आगो बोकेको पाइलाहरु
यत्रतत्र लागिरहेको बेला ठूलो हल्ला आएको थियो
-जुलुसेहरु मल्ल युद्धमा मस्तछन् रे
कोही काखी वजाउँछन् रे, कोही कुम्भकर्ण भा छन् रे ।
-जुलुसेहरु जस्केलाबाट गामघरतिर छिरेकाछन् रे,
कोही फिता बोकेर गामघरमा किला ठोक्दैछन रे, कोही अनुहार चोर्छन् रे ।
भर्खरै अर्को हल्ला आएको थियो
-जुलुसेहरुले गामभरको नक्सा च्यात्तै छन् रे,
अङश मुद्दामा तारेख खेप्दैछन् रे ।
जुलुसे हल्लाले रित्तिएको दर्शक दीर्घा बिस्तारै भरिन थाल्यो
उभिएका अनुहारमा अब आशा थिएन, आगो बलेको थियो
थप्पडी बजाउने हातहरु मुठी कसिँदै थियो
हृवार्र हृवार्रति आगो ओकल्दै थिए-
-मौरी भनेको अगस्ति सलह रहेछन्
बोट विरुवा त के पानी पनि वाँकी राखेनन् ।
-भाइको अनुहारमा बिभीषणाहरु
आफ्नै घर भत्काउन छिमेकी गुर्हाछन् ।
अलिकपरबाट कोही भन्दै थिए –
व्वाँसाहरु यही बाटो त फर्कलान्
ढाड नसेकी छाडिन् ।
एकादेशमा एकदिन सबेरै एउटा जुलुस
बाघद्वार छिरेको थियो…….
सन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला ।।।।।
प्रतिक्रिया