फार्नबोरोह । गत मे ५ तारिखका दिन फार्नबोरोह कम्युनिटि स्कूलमा हंगकंग नेपाली मञ्च यूकेले यो वर्षको आफ्नो वार्षि भेलाको आयोजनान सम्पन्न गरेको छ । बादल लाग्नुका साथै केही परिणाममा पानी परेकोले पनि यो साल सहभागीहरु पोहोर सालको तुलनामा नदेखिएको स्पष्ट भएको थियो भने खासगरी यूकेमा स्थापना गरिएको अवधिको लगत्तै पछि हरेक साल बढ्दै गएको सहभागीहरुमा हंगकंगका पर्वेली नेपालीहरुको सहभागिता योपालि पनि नगन्य रहेको थियो तर एनआरएन यूकेका अध्यक्ष कूल आचार्य, तमू धिं यूकेका अध्यक्ष मुछेन्द्र गुरुंग, क्षेत्री समाज यूकेका अध्यक्ष भीम बानियाँ लगायत केही अन्य संघसंस्था उच्च पदस्थ अधिकारीहरुको अतिथिको रुपमा उपस्थिति रहेको उक्त कार्यक्रममा योपालि साँस्कृतिक पक्ष भने निक्कै नै परिस्कृत गरिएको थियो । कार्यक्रममा लाइभ ब्याण्डको आफ्नो प्रस्तुति पनि भव्य रहेको थियो ।
अनु्कुल मौषम हुँदा पनि हंगकंगेलीहरुको लगभग ८०० जना जति उपस्थित रहेको सो कार्यक्रम निक्कै नै सफल साँस्कतिक कार्यक्रमको भरमा रातको साढे नौ बजेसम्म चलेको थियो ।-तस्वीर -नरेन्दं,विसन-मेस, बाँकी तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।
पदि तपाईहरुलाई एलबममा राखिएका तस्वीरहरुको ठूलो र स्तरीय क्वालिटिमा चाहिन्छ भने क्रमशः फाटोग्राफर नरेन्द्र क्षेत्री (०७८२८९०२५२१) र विसन गुरुंग (०७७०३७२२७०३) लाई सम्पर्क राख्नु होला । -सम्पादक
प्रतिक्रिया