ट्याक्टर पल्टिँदा चालकको मृत्यु

ट्याक्टर पल्टिँदा चालकको मृत्यु


नवलपरासीको रामग्राम– १७ पिप्रैयामा आइतबार साँझ ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीले दिएको जानकारीअनुसार रामग्राम– १७ पिप्रैयामा खेत जोतेर फर्किने क्रममा भे १ त ४०६६ नंको ट्याक्टरआफैँ अनियन्त्रित भएर पल्टिँदा रामग्राम– १७ पिप्रैया बस्ने ४० वर्षीय चालक मोहन चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

राससका अनुसार मृतक चौधरीको शव परीक्षणका लागि परासी ल्याइएको छ ।