टिकटले बढायो एमाले नेतृत्वको ‘प्रेसर’

टिकटले बढायो एमाले नेतृत्वको ‘प्रेसर’


आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि टिकट वितरण गर्न एमाले स्थायी समितिको बैठक वामदेव गौतमको निवास भैँसेपाटीमा बस्दै आएको छ ।

दलहरूले समानुपातिक बन्दसूची २९ असोजमा बुझाए पनि संशोधन गर्ने अन्तिम म्याद आइतबारसम्म मात्र थियो ।

समानुपातिकको नाम सच्याउने र प्रत्यक्षतर्फको नाम टुंगो लगाउन बसेको बैठकको बीचमै आइतबार राति स्वास्थ्यकर्मी बोलाइएको बताइएको छ ।

सबैजसो नेताहरूको पालैपालो प्रेसर जाँच भयो । नेताहरू फेरि बैठकमा सरिक भए ।

तर, समानुपातिकको नाम टुंगो नलागेकाले एमाले प्रतिनिधि राति १२ बजेपछि पनि निर्वाचन आयोगमै थिए ।

आयोगमा एमाले मात्र होइन, सबैजसो दलका नेताहरू नाम थप्ने र घटाउनेमा व्यस्त थिए । (नयाँ पत्रिका दैनिक)