ठगी गरेको अभियोगमा पक्राउ

ठगी गरेको अभियोगमा पक्राउ


अर्काको नामको जग्गा देखाई पास गरीदिन्छु भनि बिश्वास दिलाई रकम लिई मौज्दात नभएको खाताको चेक दिई बैंकिङ कसुर गरी ठगी गरेको अभियोगमा काभ्रे उग्रचण्डी नाला–७ घर भई काठमाडौं महानगरपालिका–३२ घट्टेकुलो बस्ने ४८ बर्षीय शिवप्रसाद दाहाललाई प्रहरीले पक्राउ गरेको छ । दहाललाई काठमाडौं किर्तिपुर चोभारबाट अपराध महाशाखाको प्रहरी टोलीले गत शनिबार पक्राउ गरेको हो ।

सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका–३ घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका–४ बस्ने नरबहादुर नेपाललगायत तीनजना व्यक्तिलाई काठमाडौं मातातिर्थमा रहेको साम्राज्य शम्शेर जबराको नाममा रहेको जग्गा नारायण शम्शेर जबरा नामको करार बैना कागज देखाई दाहालले ४१ लाख ५० हजार रुपैयाँ पिडितहरुसंग लिएका थिए । सो पश्चात दाहालले खातामा पैसा नभएको चेक दिई फरार रहेका थिए । पक्राउ परेका दाहाललाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार अनुसन्धान तथा कारवाही सुरु भएको प्रहरीले जनाएको छ ।