‘छुट्टाछुट्टै मतपत्र छपाई सुरु भइसक्यो’ : सर्वोच्चलाई आयोगको जवाफ

‘छुट्टाछुट्टै मतपत्र छपाई सुरु भइसक्यो’ : सर्वोच्चलाई आयोगको जवाफ


प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्दै छुट्टाछुट्टै मतपत्र छपाई सुरु भएको बताएका छन् । सोमबार सर्वोच्चमा लिखित जवाफ पेश गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले अलग अलग मतपत्र छाप्ने निर्णय गरेर जनक शिक्षा सामाग्री केन्द्रमा पठाएको बताएका हुन् ।

सर्वोच्चको ओदश पालना नभएको भन्दै आयोग र प्रमुख आयुक्तविरुद्ध अदालतको अवहेलना मुद्दा परेको थियो । त्यसमा सुनुवाई गर्दै सर्वोच्चले प्रत्यक्षतर्फ प्रदेश र प्रतिनिधिसभाको अलग अलग मतपत्र छपाई बाध्यकारी भएको बतायो ।

साथै त्यस अनुसार केकति प्रगति भएको छ तीन दिनभित्र लिखित जवाफ दिन आदेश दिएको थियो । त्यस अनुसार मतपत्र छपाई सुरु भइसकेको बताउँदै उनाले अदालतको अवहेलना मुद्दा खारेज गर्न समेत माग गरेका छन् ।