पदकविजेता खेलाडीको सम्मानमा मकाउमा विदाई कार्यक्रम

पदकविजेता खेलाडीको सम्मानमा मकाउमा विदाई कार्यक्रम


– श्रीविक्रम भण्डारी (मकाउ)

मकाउ ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा ५ स्वर्ण, २ रजत र १ कास्य जितेर ऐतिहासिक सफलता प्राप्त गरेको राष्ट्रिय तेक्वान्दो संघ नेपालको नेपाली टीमलाई मकाउमा विभिन्न पेशामा कार्यरत नेपालीहरुले एक विशेष कार्यक्रमको आयोजनागरि विदाई गरेका छन् ।

लब लिजर फिटनेस क्लब प्रोपराईटर सागर अधिकारी र शंकर धमलाको विशेष सहयोगमा उक्त विदाई क्रार्यक्रमको आयोजना भएको थियो । कार्यक्रम मकाउको चर्चित स्थान ‘हाक्सा विच’मा भएको थियो । हाक्सा विच विश्वभरि ‘कालो बालुवा’ को रुपमा प्रसिद्ध छ । यहाँ विभिन्न मनोरंजनका कार्यक्रम गर्न सरकारले निशुल्क स्थानको व्यवस्था गरिदिएको छ । जुन पहाड र समुद्रको विचमा अवस्थित छ ।

पदक विजेता खेलाडीहरुको विदाई कार्यक्रममा मकाउका पूर्व जनसम्पर्क समितिका सभापति अमित जोशी, एनआरएनका सचिव रामचन्द्र घिमिरे, बक्सिङ खेलाडी विष्णु कुमार श्रेष्ठको उपस्थिति र सहयोग रहेको थियो । विदाई कार्यक्रमलाई सफल बनाउन धमला दम्पती शंकर धमला र सुष्मा आचार्य धमलाले महत्वपूर्ण भूमिका निभाएका थिए । धमला दम्पतीले नेपाली खेलाडीहरुलाई मकाउमा खानवस्नको लागि समेत आफ्नै निवासमा विशेष व्यवस्था गरेका थिए । विदाई कार्यक्रममा सुष्मा आचार्य धमलाको सक्रियता उदारणीय बनेको थियो । उनले आफ्नै घरपरिवारका सदस्य झै नेपाली टीमको स्वागत र सत्कार गरेकी थिइन् ।

उक्त विदाई कार्यक्रममा खेलाडीहरुको हौसला बढाउन रमेशजंग थापा, प्रज्ज्वलकुमार अधिकारी, विजय थापा, बरुणकुमार बस्नेत, प्रकाश रेग्मी, सुश्मा आचार्य धमला, राजीव थापा, भोला गुरुङ, राजाराम धमला, आदेश धमला, खेमी देवकोटा, सुभाष श्रेष्ठ, राकेश श्रेष्ठ, पुर्णबहादुर श्रेष्ठ, किरण श्रेष्ठ र सुरेसजङ्ग थापा, गंगा रिजाल र टेक पौडेलको उपस्थिति रहेको थियो ।

मकाउमा कार्यरत नेपालीहरुले खेलाडी र अफिसियलहरुलाई भव्य विदाईको गरेपछि राष्ट्रिय तेक्वान्दो संघका महासचिव राजकुमार केसीले यो विदाईले अन्तराष्ट्रियस्रतमा पदक जितेर राष्ट्रको शिर उचो पार्न सफल खेलाडीहरुको मनवोल उच्च भएको वताए । त्यस्तै पदाधिकारीहरुलाई खेलाडीहरुको पक्षमा निरन्तर समर्पित रहन र विदेशमा रहेर पनि खेलकुदलाई माया गर्ने नेपाली दाजुभाईसंग आत्मिय सम्वन्ध कायम गर्न सेतु वनेको बताएका छन् ।

त्यस्तै महिला तेक्वान्दो खेलाडी विनिता घिमिरेले विदेशमा रहेका नेपालीहरुले खेलाडीहरुलाई गरेको सम्मानवाट आफु निकै खुशी भएको वताइन् । आफ्नो पहिलो अन्तराष्ट्रिय प्रतियोगितामा विनिताले मकाउ ओपनमा स्वर्ण पदक जितेकि थिइन् ।

यस्तै विगत दुई दसकदेखि मकाउमा कार्यरत पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी रमेश जंग थापाले नेपाली खेलाडीको यो सफलताले मकाउमा कार्यरत सम्पूर्ण नेपालीलाई गौरवान्तित तुल्याएको बताए । त्यस्तै अर्का तेक्वान्दो खेलाडी राजीव थापाले नेपाली खेलाडी तथा पदाधिकारीलाई सहयोग गर्न पाउँदा खुशी प्रकट गरेका थिए । साथै पदक विजेता सम्पूर्ण खेलाडीलाई वधाई दिएका थिए ।