न्युयोर्कमा साकेला उभौली २०६९ भव्यताका साथ सम्पन्न

न्युयोर्कमा साकेला उभौली २०६९ भव्यताका साथ सम्पन्न


न्युयोर्क । हरेक बर्ष मननाइने किराँत राईहरुको मुख्य चाडहरुमा पर्ने साकेला उधौली ९मंग्सिरे पूर्णिमा० र साकेला उभौली (बैशाखे पूर्णिमा)मध्ये यही मे महिनाको ६ तारिख आइतबारको दिन ‘साकेला उभौली २०६९’ अमेरिकाको न्युयोर्कमा रहेका किराँतीहरुले पनि मनाए । किराँत राई सोसाइटी अफ अमेरिका न्युयोर्क च्याप्टरको आयोजनामा भएको उक्त कार्यक्रममा संयुक्त राष्ट्र संघ स्थायी नियोगका प्रतिनिधि मिनिस्टर काउन्सेलर अमृत बहादुर राई प्रमुख आतिथ्य, प्च्क्ब्का संस्थापक तथा हाल प्रमुख सल्लाहाकार डा. नवीन कुमार राईको आतिथ्य र KRSAका सदस्य श्रीमती वृन्दा राईको सभापतित्वमा सम्पन्न भयो । उक्त कार्यक्रममा संस्थाका सदस्य भारती राईले स्वागत मन्तव्य र साकेला उभौलीको बारेमा प्रष्ट पारेकाथिए । त्यसैगरी किराँत राई सोसाइटी अफ अमेरिकाका बोर्ड चेयर साथै न्युयोर्क च्याप्टरका अध्यक्ष मणि बांग्देलले संस्थाको बारेमा प्रकाश पारेकाथिए । त्यसपछि शिली माङ्पा सुरेन्द्र राईले साकेला पूजाको साथै साकेला नाचको शुरुवात गरेकाथिए ।

कार्यक्रम संयोजक सचिव निला चाम्लिंगद्वारा संचालन भएको उक्त कार्यक्रममा न्युयोर्कमा रहेका प्रायस् सबै राईहरु र साथै अन्य न्युयोर्क स्टेटभन्दा बाहिरबाट पनि किराँत राई र गैर किराँतहरुको भव्य उपस्थिति थियो । न्युयोर्कमा रहेका राईहरुलाई र अन्य बिभिन्न गैर किराँतीहरुलाई सम्बोधन गर्दै प्रमुख अतिथि अमृत बहादुर राईले किराँतीहरुको यो प्रमुख चाड साकेला उभौली एउटा चाड मात्रै नभएर सबै किराँती संस्कार र संस्कृतिको पहिचान र संरक्षणलाई निरन्तरता दिई रहनु र भविष्यमा हाम्रा सन्ततिहरुले पनि हाम्रो जातीय संस्कार संस्कृति सिकून र यसलाई स्थायित्व दिऊन् भन्ने अभिप्रया पनि हो र संस्कार र संस्कृतिले एक जात जातिलाई मात्रै हैन, सिंगो नेपाललाई चिनाउने कुरा स्पष्ट प्रष्ट पारे ।

कार्यक्रमको औपचारिक सेसनको अन्त्यमा कार्यक्रम संयोजक वृन्दा राईले यो साकेला कार्यक्रम केवल मनोरंजनको कार्यक्रम मात्रै नभएर आफ्नो घरदेश छोडेर बिभिन्न उदेश्यले परदेश लागेका किराँतीहरु देश बाहिर रहेर पनि आफ्नो गाउँ, ठाउँ, जातीय परम्परा, भेष भुषा र संस्कारको अनुशरण गर्ने र संस्कार, पहिचानलाई निरन्तरता दिने र आफ्नो थातथलोको स्मरण गरिरहनको लागि यो चाड मनाइन्छ भन्दै अझै ‘साकेला उभौली’ चाडको महत्व प्रष्ट पारे । उपस्थित प्रमुख अतिथिलगायत कार्यक्रम संचालनमा सहभागी हुने सम्पूर्ण सहयोगीहरु संस्थाका सम्पूर्ण सदस्य प्रति र उक्त कार्यक्रममा उपस्थिति हुने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गरेकाथिए ।

न्युयोर्कको क्विन्सस्थित, क्विन्स ब्रिज पार्कमा भएको साकेला उभौलीको अनौपचारिक कार्यक्रमअन्तर्गत उपस्थिति जनहरुलाई मनोरंजन होस् भन्ने उदेश्यले बार्बिक्युको साथै अन्य मनोरंजन जस्तैस् बिङ्गो खेल पनि खेलाइएको थियो । साथै साकेला कार्यक्रममा हाल ज्याक्सन हाइटमा बसोबास गरिरहेका लिभर क्यान्सर पीडित राजु खड्काको सहयोगको निमित्त किराँत राई सोसाइटी अफ अमेरिकाकै आव्हानमा त्यहाँ उपस्थित आगन्तुकसंग स्वेच्छा चन्दा संकलन गरेर १४१५यय डलर रकम जम्मा गरियो र उक्त रकम किराँत राई सोसाइटी अफ अमेरिकाद्वारा सोही दिन बिरामी राजु खड्कालाई हस्तान्तरण गरिएको थियो ।-मनु लोहोरुङ राई,