मेराबिरुद्धको मुद्धा खोरेज

मेराबिरुद्धको मुद्धा खोरेज


–दीर्घराज प्रसाई
डा बाबुराम भट्टराईले मेरो बिरद्ध काठमाडौं जिल्ला अदालतमा दायर गरेको ‘रअ’ को आरोपित गाली बेइजती मुद्धा अदालतबाट खारेज गरी मैले सफाइ पाएको छु । अदालतको यस निर्णयबाट स्वतन्त्र अविव्यक्तिको मानवीय स्वतन्त्रतालाई सम्मान गरेको छ । विक्रम संवत् २०६६ साल साउन २६ गते तरुण साप्ताहिकमा ‘देशद्रोहीको बिरद्ध खाँडो जगाऔं’ भन्ने मेरो लेख छापिएको थियो । त्यसलेखमा नेपालको अवस्था चिन्ताजनक भएको विश्लेषण गर्दै भनेको थिए– ‘भा।तीय गुप्तचर संस्था ‘रअ’ का अनुयाईहरुको नेपालमा जगजगी छ । बाबुराम भट्टराई नेपालको प्रधानमंत्री भएमा भारतले यिनै मार्फत नेपाललाई कब्जा गर्नसक्छ–राष्ट्र विखण्डनमा । भारतीय गुप्तचर संस्था ‘रअ’ चहान्छ, बाबुराम भट्टराईलाई प्रधानमंत्री बनाएर सिक्किमलाई कुख्यात ल्याण्डुबले डुबाएको जस्तो नेपाललाई डुबाउने । देश खतरामा छ, एतिहासिककालदेखि शसक्त हुने परम्परा अनुसार देशद्रोहीहरुको बिरद्ध खााडो जगाऔं ।’ भन्ने लेख लेखे बापत डा. बाबुराम भट्टराईजीले २८ दिनपछि भाद्र २३ गते मलाई मुद्धा हालेको कुरा काठमाण्डौ. जिल्ला अदालतबाट थाहा पाएँ र म्याद बुझेँ ।

मैले सकेसम्म प्रमाण जुटाएर २०६६ मंसरि १ गते प्रतिउत्तर दर्ता गराएँ । त्यस प्रतिउत्तरमा एउटा महत्वपूर्ण सन्देश छ कि इन्टरनेटमा गुगल सर्च गर्दे–बाबुराम भट्टराई ‘रअ‘– ल्किक गरेपछि सबै पढ्न सकिन्छ । मेरो मुद्धामा वरिष्ट अधिवक्ता देवेन्द्रलाल नेपाली, रामजी विष्ट, नानीबाबु दाहाल, बिष्णु भट्टराई, जुक्तिजंग लामेछाने, भूमिनन्दन चुडाल आदि मेरा सहयोगीहरु अधिबक्ताहरु हुनुहुन्छ । बाबुरामजीको तर्फबाट अहिले महान्याधिवक्तामा नियुक्त भएका मुक्ति प्रधानको नेतृत्वमा अरु वकीलहरु छन् । महान्याधिवक्ता मुक्ति प्रधानले प्रारम्भदेख नैं मसँग राम्रो संवन्ध नराख्ने र हेप्नेसम्म काम गरेको मैले बुझेको छु । उनले अलदालतमा केही वकीलहरुले सुन्ने गरेर अपहरण गरेर सिद्धयाउने धम्की पनि दिएको थियो रे । तर मैले त्यसबारेमा कुनै तासो र रिसइबी लिइनँ ।

खैर, जेहोस्, बाबुरामजीको मुद्धाले म जस्तो व्यस्त व्यक्तिलाई अनर्थमा दुःख दिने काम गरेका थिए । साक्षी बखपत्रको क्रममा मेरो पक्षबाट वरिष्ट अधिवक्ता देवेन्दलाल नेपालीले बाबुरामजीको तर्फबाट उपस्थित साक्षी भूमि देवकोटालाई प्रश्न गर्नु भयो– ‘तपाईले माओवादीको अध्यक्ष प्रचण्डले नैं बाबुराम भट्टराईलाई भारतले नेपालको प्रधानमंत्री बनाउन खोज्दैछ र बाबुराम भारतका एजेन्ट हो’ भनेको पत्रपत्रिकामा पढ्नु भएको हो भन्ने प्रश्नको प्रतिउत्तरमा उनले भने– पत्रिकामा होइन र टीभीमा सुनेको हुँ’ भनेकोमा त्यही कुरालाई देवेन्द्रजीले पेसीका दिन न्यायधीसका अगाडि भन्नु भयो– ‘बाबुरामजीका साक्षीहरुले नैं माओवादीका नेता प्रचण्डले बाबुरामजीलाई भारतीय एजेन्ट भनेको हो’ भन्छन् भने दीर्घराज प्रसाईले लेख लेख्न पनि नपाउने ? अरुहरु कतिले बाबुराम भारतीय दलाल भन्दा चाहिं मुद्धा नहाल्ने दीर्घराजले सानो लेख लेख्दैमा त्यस्मा पनि बाबुरामजीको मात्र नाम थिएन ।

डां बाबुराम भट्टराई को हुन् र उनलाई कस्ले प्रयोग गरेर नेपाल डुबाउन खोजेको छ भन्ने कुरा माओवादीका केन्द्रीय सदस्य डां. ऋषिराज बरालले लेखेका छन्– ‘भारतीय गुप्तचर संस्था ‘रअ’ का उपप्रमुख आलोक जोशीको रोहवरमा मध्यरातमा मधेसी मोर्चाका १२ जनालाई मंत्री दिने र समग्र सरकारी नीति तथा योजना भारतीय योजनामा चल्ने भन्ने निर्णय प्रचण्ड–बाबुरामले गरिसकेपछि आरम्भमा रक्षा, गृह, सुचना जस्ता अति सम्वेदनशील मंत्रालय मधेसवादी भनिने भारत परस्त दलहरुलाई सुम्पिने काम भयो । मधेसका नाममा समूहगत सेना भित्रयाउने निर्णय पनि भइसकेको छ । प्रचण्ड समेतको रोहवरमा अघि बढेको सिक्किमीकरणको डिजाइनसँगै कमरेड प्रधानमंत्रीले खुल्ला रुपमा वर्गयुद्धको घोषणा गरेका छन् । बाबुरामको वारेमा पहिलादेखि नैं भन्दै आएका थियौं, त्यो अव सबै सही सावित भएको छ । त्यसैले अव राष्ट्रघात र सिक्किमीकरणको बिरद्ध उठौं ।’ २०६८ भाद्र २६ को अन्नपूर्ण पोष्ट ।

त्यसैदिनको अन्नपूर्ण पोष्टमा पूर्व प्रधानमंत्री माधव नेपालका पे्रस सल्लाहकार बिष्णु रिजाल लेख्छन्– डा.बाबुराम भट्टराईप्रति भारतको शुभेच्छा गोप्य होइन, प्रकटरुपमैं देखिएको छ । भारतीय राजदूत जयन्तप्रसादले नेपाली जनताले रुचाएको प्रधानमंत्रीलाई भारतले सघाउँछ भन्नु कुनै संयोग मात्र होइन । सीपी गुरेलले कन्टेनरको साँचो समेत भारतको निर्देशनमा बुझाइएको अभिव्यक्तिले उजागर गर्छ ।’ यस्तै चार बुँदे सहमतिपछि २८ भदौ २०६८ को घटना र विचार साप्ताहिकमा उल्लेख छ– ‘प्रचण्ड सिलिगुडीस्थित भारतीय गुप्तचर संस्था ‘रअ’ को अतिथिगृहमा पाउना भएर बसेको र त्यही भारतीय अधिकारीहरुसँग वार्तालाप भएको, भारतीय गुप्तचर ‘रअ’ का बरिष्ट अधिकारी एवं नेपाल प्रमुख आलोक जोशीसँग प्रचण्डले आफ्नो संवन्ध निकै बलियो बनाएको छ । भ्रमण र गुप्त वार्ताका निम्ति सूत्रधारको भूमिका नेपाली कांग्रेसका कृष्ण सिटौलाले गर्नेगरेको छ ।

यसैगरी वाम लेखक अर्जुन ज्ञवाली लेख्छन्–‘प्रचण्ड र बाबुराम जस्ता राष्ट्रघातीले सम्राज्यवादको आडमा आफ्नै मृत्युपत्रमा हस्ताक्षर गर्नु राम्रो हुनेछ ।’ माओवादी वैद्य पक्षको भेलाले निर्णय गरेको छ –‘माओवादी– मदेसवादी बीच भएको चार बुँदे सहमति राष्ट्रघाती भएको र चार बुँदे सहमतिले राष्ट्रिय स्वाधीनतामा आघात पु¥याएको छ । यसले मुलुकलाई सिक्किमीकरणतर्फ लैजाने खतरा छ ।– २०६८ असोस ४ ।’ माओवादीका ठूला नेताहरु लगायत कांग्रेस एमाले कहाँबाट परिचालीत छन् भन्ने कुरा छलङ्ग हुँदैछ । दुःखको कुरा छ कि कसले कस्लाई भेट्यो भन्दा पनि नेपालका दलालहरुलाई प्रयोग गरेर नेपाललाई एम्बुल्समा पार्ने भारतीय खतरनाक षडयन्त्रबाट देशलाई कसरी बचाउने भन्ने चिन्ता हो ।

यसैसन्दर्भमा पुराना कम्युनिष्ट नेता डा. केशरजंग रायमाझी लेख्छन्–‘सोभियत संघ र त्यसको खुपिया एजेन्सी केजीबीको गलत कार्यका कारण अफगानिस्तान ध्वस्त र सोभियत संघको विखण्डन जस्तै भारतीय खुफिया एजेन्सी ‘रअ’ को कारण स्वयं भारत नेपालमा लिएको गलत नीतिका कारण विखण्डन हुनसक्छ’ । हिजो ४० सूत्रीय एजेन्डा बोक्ने र सुगौली संन्धिको मुद्धा उठाउने बाबुराम भट्टराईको नेतृत्वले गरेको चार बुँदै संझौता (२०६८ भाद ११ राती) हेर्दा प्रष्ट हुन्छ– सत्ता र स्वार्थका लागि राष्ट्रिय स्वार्थका लागि उल्लंघन गर्ने साम्राज्यवादी खुफिया एजेन्सिको चासोमा आएको राजनीतिक आवरणको पात्र कसरी उदय हुन्छ र साना राष्ट्रको संवेदनशील विषयलाई क्रान्तिकारी राष्ट्रवादी आवरणमा जनतालाइृ भ्रममा पारेर सत्ताको सिँडीमको रुपमा खुफिया एजेन्जीले कसरी प्रयोग गर्दा रहेछन् भन्ने कुरा अहिलेको बाबुराम भट्टराईको उघ्र वाम र उघ्र दक्षिणपन्थी गठबन्धनले स्पष्ट गर्छ । (२०६८ भाद्र २५ अन्नपूर्ण पोष्ट ।

डा.बाबुराम भट्टराई प्रधानमंत्री बनेको १० दिन नपुग्दै राष्ट्रिय पोषाक हटाइयो । आफ्नो पहिचान गुमाएर उनले कसलाई खुसीपार्न खोजेको हो ? भारतीय डिजाइन्मा बाबुरामजी प्रधानमंत्री भएपछि संयुक्त राष्ट्र संघ–अमेरिकाको भ्रमणमा जोकर बनेर फर्किए । नेपालको राष्ट्रिय जनावर मानिएको गाई र अरु राष्ट्रिय पहिचान पनि हटाउने कार्य भइरहेकाले त्यस्तो कार्य नगर्न र राष्ट्रिय पहिचान यथावत राख्ने कार्य होस् । सत्ताको आडमा सम्वेदनशील मान्यताहरु माथि प्रहार गर्ने काम गर्नेहरुलाई देशद्रोही भनिन्छ । भारतीय गुप्तचर संस्था ‘रअ’ को सहयोग र मध्यस्थतामा दिल्लीमा १२ बुँदे संझौतामा शरिक भएर विदेशीलाई सिक्किमका कुख्यात ल्यान्डुबको डिजाइन्मा यो हिड्नेहरुको बिरुद्ध भिड्ने कि ढोग्दै हिड्ने ? खैर जे होस् अहिले प्रधानमंत्रीको पदमा रहेको अवस्थामा मेरो बिरद्ध दायर गरेको गाली बेइजजतीको मुद्धामा वादी दाबी प्रमाण नपुगेको भन्दै जिल्ला अदालत काडमाण्डौंका माननीय न्यायधीस भोजराज पोखरेलको इज्सासबाट, २०६९ वैशाख २१ गते, अडाइबर्षपछि, अनेकौं पटक बहस भएपछि बडो अध्ययनकासाथ बाबुराम भट्टराई प्रंधानमंत्री पदमा रहेकैबेला हराइदिएको छ । बाबुराम भट्टराईको यो ठूलो नैतिक हार हो ।

शरद्सिंह भण्डारी जस्तो देशद्रोही, प्रभुशाह, बालकृष्ण ढुङ्गेल जस्ता हत्याराको पक्षमा हिड्छन् र मंत्रिपरिषदमा छानी-छानी भ्रष्टाचारी भारतीय एजेन्टहरु खोजीखोजी नियुक्त गरेर बाबुराम भट्टराई साँठगाँठ गरेर हिड्छन् भने उनलाई देशद्रोहमा राज्यले कारवाही चलाउने कि नचलाउने ? विदेशीको एजेन्ट बनेर नेपाल आमाको रगत चुस्नखोज्दाको पीडा कस्तो हुँदोरहेछ भन्ने कुरा डां बाबुराम भट्टराईले सबै बुझिसकेका छन् । अव उनी राष्ट्रघातको कलंकबाट बाँच्न चहान्छन् भने कसैको लहैमा नलागी सबै गल्तीहरु खुलस्त गर्दै क्षमा याचनागर्दै २०६२ मंसीर मा १२ बुँदे सहमति भन्दा अगाडिको हैसियतमा फर्केर भारतीय डिजाइनको संविधानसभा भङ्ग गरेर निकाशको लागि २०४७ सालको संविधानमा टेकेर देश बचाउने कुरामा निधक्क आफ्नो विचार व्यक्त गरेर आफूलाई बचाउन सक्नुपर्छ । तर बाबुराम भट्टराईले राष्ट्रघाती बाटो नैं छोडदैनन् भने यस्ता देशद्रोहीहरुलाई सक्त कारवाही किन नहूदो होला र ? समयले कुनै अपराधीलाई क्षमा दिन्न । त्यसैले यो देश बचाउनको लागि अव सबैक्षेत्रका नेपाली जनता, सुरक्षा शक्ति, नेपाली सेना राज्यका अङ्गहरुले रमिता हेरेर बस्ने छैनन् । सबै एकत्रित भएर देशद्रोहीहरुको बिरद्ध खाँडो जगाउन जुरुक्क उठ्छन् ।
-The author can be reached at : [email protected].