मुम्बई आक्रमणको प्रमुख योजनाकार हफिज सइद

मुम्बई आक्रमणको प्रमुख योजनाकार हफिज सइद


लण्डन । अमेरिकी राज्य सचिव, हिलारी क्लिन्टनले हिजो पाकिस्तानलाई आतङ्कारी समूहहरुको आक्रमण गर्ने लन्चिङ् प्याड अर्थात प्रहार गर्ने थलोको रुपमा प्रयोग गर्न नदिन आग्रह गरेकीछिन् । उनले सन् २००८को मुम्बई आतङ्कारी हमलाको प्रमुख योजनाकार हफिज सइद हुन् भनेर उद्धृत गरेकी थिईन् । हिलारी क्लिन्टन भारतको भ्रमणमा आएको बेलामा भारतका विदेशमन्त्री एसएम कृष्णसंगको संयुक्त न्यूज कन्फरेन्समा उनले उपरोक्त धारणा व्यक्त गरेकी थिईन् ।
छिमेकमा आतङ्कारीहरुलाई प्रश्रय मिल्दछ भने यसलाई हटाइनुपर्ने खाँचो रहेको छ भनेर त्यस कन्फरेन्समा उनले आफ्नो अभिव्यक्ति दिएकी थिईन् । हिलारी क्लिन्टन तथा एसएम कृष्ण दुबैले पाकिस्तानको तर्फबाट मुम्बई आतङ्कारी हमलाका दोषीहरुलाई कानूनको दायराभित्र ल्याएर उनीहरुलाई सजाएँ दिलाउने कुरामा पहल गर्नु पर्छ भनेका थिए । आतङ्वाद विरुद्ध भारत र अमेरिका मिलेर लड्ने कुरा जाहेर गरेका थिए । हिलारी तथा कृष्णका संवादको समय मुम्बई आतङ्कारी हमला, पाकिस्तान, अफ्गनिस्तान, इरानका अणुशस्त्र संकट र तेहरानबाट भारतलाई तेल आपूर्तिको संकट समाधानका लागि अमेरिकाको सहयोग मिल्ने बारे चर्चा गरेका थिए । त्यसैसमय क्लिन्टनले …पाकिस्तानमा अतिवादीहरुबाट हिंसात्मक आतङ्क भइरहेको कुरालाई हामी स्वीकार्छौ … पाकिस्तानले आप्mनै भूमिमा आतङ्वादी कृयाकलापको थलो बनाउन हुँदैन र देशमा भईरहेको आतङ्वादी कृयाकलापलाई रोक्नुपर्छ … दुःखको कुरा के छ भने आतङ्वादको कारण पाकिस्तानमा अहिलेसम्म तीसहजार मानिसहरु मरिसकेका छन् …. भनेकी थिईन् । अफ्गनिस्तानको राजधानी काबुलमा भारतीय दूतावासलाई लक्षित गरी गरेको आतङ्वादी हमलालाई उद्धृत गर्दै एसएम कृष्णले छिमेकमा हुर्कँदै गरेको आतङ्वादलाई निमिट्यान्न गर्नुपर्छ र यसका लागि पहिले पाकिस्तानले पहल गर्नुपर्छ भनेका थिए । श्रोत – हिन्दुस्तान टाइम्स, सुमल, मेस ।