सर्वोच्चद्धारा चुनाव रोक्न रिट अस्वीकार

सर्वोच्चद्धारा चुनाव रोक्न रिट अस्वीकार


मंसिर १० र २१ गतेका लागि निर्धारण गरिएको चुनाव नरोक्न सर्वोच्च अदालतले आदेश गरेको छ । मुलुक चुनावमय भइरहेको भन्दै चुनाव रोक्न माग गर्दै परेका छुट्टा छुट्टै ५ वटा मुद्दामा सुनुवाई गर्दै सर्वोच्च अदालतले देश चुनावमा लागि सकेकाले चुनाव रोक्ने आदेश अस्वीकार गरेको हो ।

सुनीलकुमार पटेल, भरतकुमार मैनाली र सीताराम अग्रवाल लगायतले छुट्टा छुट्टै रिट हालेका थिए उक्त रिटमा सुनुवाई गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको इजलाशले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

सर्वोच्च अदालतको आजको आदेशपछि चुनाव सम्बन्धी अदालती र कानुनी जटिलता साम्य भएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले चुनाव समयमै गर्न सरकार र सम्बद्ध सबै पक्षबाट आयोगलाई सहयोग भइरहेको बताएका छन् ।