पेट्रोलियम पदार्थको मूल्यवृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि


नयाँ कार्यकारी प्रमुखको नियुक्तिलगत्तै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आज (बुधबार) राति १२ बजेपछि लागू हुने गरी खाना पकाउने एलपी ग्यास, पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार अब पेट्रोलको प्रतिलिटर सय रुपैयाँ पर्ने छ भने डिजेल र मट्टितेल लिटरको रु ७५ रुपैयाँ ५० पैसा कायम भएको छ । ग्यासचाहिँ अब प्रतिसिलिन्डर एक हजार ३ सय ५० पर्ने बताइएको छ ।