लण्डन । गिनिज वल्र्ड रेकर्डले अधिकारिक रुपमा चार दशमलव उन्तीस मिटर (१४ फुट) लामो जुँगाधारी भारतका रामसिंह चौधरीलाई विश्वको सबैभन्दा लामो जुँगा भएका मानिसको खिताब दिएको छ । उनको सपलताको के रहस्य छ भन्ने कुरामा उनले हालै पाँचवटा टिप्सहरु दिएका छन् ः
+ जुँगालाई सानै उमेरदेखि पाल्ने काम शुरु गर्नु पर्दछ भन्छन् उनी । चौहानका अहिले ५४ वर्षको उमेर पुगिसकेको छ । उनले सन् १९७०सालदेखि जुँगा पाल्न थालेका थिए । उनका भनाइअनुसार युवा अवस्थामा जुँगा तथा मुखमा पलाउने रौंहरु छिटो बढ्छन् तर मानिस बूढो हुँदै गएपछि हरमोन कमजोर हुँदै जाने हुनाले रौं बढ्ने प्रक्रिय शिथिल हुँदै जान्छ । उनले ओँठका छेउछाउ छाँट काट गर्नुबाहेक जुँगा काटेका छैनन् । बेलायतका ह्याण्डबार क्लबका स्टिभ पार्सोनले यस कुरालाई समर्थन गरेका छन् ।
+ जुँगालाई राम्रोसंग जतन गर्नुपर्छ । चौहानले प्रत्येक दिन जुँगा सफा गर्न र कोर्नका लागि एकघण्टा समय लगाउँछन् । उनले …. मैले यसलाई मालिश गर्छु प्रत्येक दिन र दश दिनमा एकचोटि धुन्छु, धुँदाखेरि लामो समय लाग्छ र यसका लागि मेरी श्रीमतीले मलाई सघाउँछिन्… भनेका छन् । उनले नरियलको तेल जँुगामा लगाउँछन् ।
+ चौहानका अनुसार जुँगा पाल्दा परिवारको समर्थन मिले जुँगा बढाउन सहयोग मिल्दछ । चौहानकी पत्नी आशाले शुरुका वर्षहरुमा जुँगा सफा र जतन गर्ने यावत कुराहरुमा घण्टौ बिताएको देख्दा उनलाई वाक्क लाग्थ्यो रे र कहिलेकाँही घरमा कलहको सिर्जना हुन्थ्यो भन्छिन् । मानिसहरुले उनलाई हेर्दा आफूलाई असहज लाग्ने थियो भन्छिन् । तर, जब उनको जँुगाले ख्याति पाउन थाल्यो तबदेखि उनको जुँगा उनलाई राम्रो लागेको बताउँछिन् । त्यसपछि त जुँगालाई उनले ईज्जत दिन थालिन् । अहिले त्यहि जुँगा जीवनको अभिन्न अंग बनेको कुरा व्यक्त गर्छिन् ।
+ चौहानले चौथो नम्बर टिप्समा, अप्ठ्यारो सहज गर्ने र सहन गर्ने बानी सिक्नु पर्छ भन्छन् । आफ्नो लामो जुँगा पालेर राख्दा जीवन यापन त्यति सहज हुन सक्दैन भन्छन् । जब जुँगा छोटो थियो उनले जुँगा कानमा सिउरेर बटारेर राख्दथे । अहिले जुँगा लामो भएको हुनाले उनले जुँगालाई घाँटीमा बेरेर राख्ने गर्दछन् । सुत्दा लामो जुँगा भएको कारणले गर्दा आप्ठ्यारो हुन्छ, तर, उनी भन्छन् केही पाउनलाई केही त गुमाउनु पर्यो नि ।
+ उनको पाँचौ टिप्सचाँहि पैmशनको पछि लाग्न हुँदैन भन्छन् । चौहान, आफू सानो छँदा जुँगाको निकै महत्व थियो रे, जँुगाको कारणले कलेजमा साथीहरुबाट आफूले आदर र सम्मान पाएको कुरा सम्झन्छन् । तर, अहिलेका युवाहरुमा जुँगाको महत्व र चाख नै छैन भन्छन् । आफ्नै छोराको मुखमा जँुगा नदेख्दा उनले गुनासो पोखाउँछन् । श्रोत – बीबीसी, सुमल, मेस ।
प्रतिक्रिया