बाँच्न संघर्ष गरिरहेकाहरु

बाँच्न संघर्ष गरिरहेकाहरु


लण्डन । काबुलमा एकदिन सारा सिडनर (सीएनएन रिपोर्टर) महिला संरक्षण शिवीरहरुमा पुग्दा उनले १८ वर्षीया मुमताजको अनुहार भरिको पींडायुक्त आभास हुने जलेको दागलाई देखिन् । उनलाई देखेर कुराकानी गर्दा मुमताजले … मेरो यही अनुहारको कारणले म खिन्न साथै दुःखी हुन्छु त्यसैले म कहिल्यै ऐना हेर्दिनँ …. भनेकी थिईन् । उनी मात्र नभई हजारौका संख्यामा अफनिस्तानमा महिलाहरु शोषण भइरहेका छन् । उनका अनुसार उनलाई एकजना विवेकशुन्य भएको व्यक्तिले आफूसँग विवाह नगरेको झोंकमा उनको जिन्दगी नरकतुल्य बनाइदिएका रहेछन् । त्यस व्यक्तिले मुमताज आफूसँग विवाह गर्न राजी नभएपछि कसैसंग विवाहयोग्य नहोस् भन्ने निर्णय लिएका रहेछन् । त्यस व्यक्तिले पहिले मुमताजको परिवारसँग विवाहका लागि उनलाई माग्दा मुमताजका परिवारजन् त्यस व्यक्तिसँग मुमताजको विवाह गरिदिने कुरामा राजी भएका थिएनन् । त्यसपछि एकरात धेरै मानिसहरुका समूह आएर उनका परिवारका व्यक्तिहरुमाथि संघातिक आक्रमण गरेर पिट्न थाले त्यसपछि दुई जना हतियारधारीले मुमताजलाई समातेर कपालपछि तान्दै जुन व्यक्तिले उनलाई मागेका थिए उनको हातबाट अनुहारमा एसिड (तेजाब) खन्याउन दिएका रहेछन् । यस पाशविक घटनामा संलग्न केही व्यक्तिहरुलाई मात्र गिरफ्तार गरेको छ तर मूल अभियुक्त अझसम्म पक्राउमा आएको छैन । यसबेला उनले आफ्नो अनुहार पहिलोचोटि देखाएर टीभीमार्फत सार्वजनिक आफ्नो तितो व्यथाको अनुभूति सुनाएकी छिन् ।
अहिले पनि उनलाई आफ्नो जीवन खतरामा रहेको अनुभूति भइरहेको छ र कतिखेर सिद्धिइने हो भन्ने डरले खाइरहेको कुरा भन्छिन् । यसरी आततायीले एसिड छरिदिएपछि जीवन नारकीय जिन्दगी बिताउन बाध्य भएको उनी भन्छिन् । मुमताज मनभरि अथाह वेदना बोकेर हाँस्ने प्रयास गर्छिन् र बेलाबखत हाँस्छिन् । उनलाई हाँसेको देख्दा सिडनरले सोध्छिन्, उनी भन्छिन् … सायद मेरो प्रकृति नै यस्तो भएकोले होला । बेदना भित्रबाट पनि हाँसिरहेकी छु … । त्यस शिविरमा मुमताज जस्ता १६ जना अबला नारीहरु एकसाथ बस्दै आएका छन् । कतिपय महिलाहरुका बच्चाहरु पनि साथैमा छन् । मुमताजले आफ्नो विलौना पोख्दा … यो छानोले हामीलाई धेरै मद्दत मिलेको छ यदि यसरि मद्दत नमिलेको भए म पहिले नै मरिसकेकी हुन्थे.. जतिबेला जिन्दगी एकदमै खतरामा थियो त्यतिबेला यो छहारी पाएकी हुँ… भन्छिन् । मुमताज जीवनमा अहिले पहिलोचोटि लेख्न, पढ्न सिक्दैछिन् । जीवनमा अवसर मिले मुमताजले भारतमा गएर अनुहारको सर्जरी गर्ने सपना बोकेकी छिन् । मुमताज अफगानी महिलाहरुलाई प्रतिनिधित्व गर्ने एउटा उदहारण हुन् । यस्ता शोषण र उत्पीडन भोग्ने महिलाहरुका तथ्याङ्क सन् २००८ सालमा सर्वेक्षण गर्दा अफगनिस्तानमा ८७ प्रतिशत रहेका भेटिएको थियो । श्रोत – सीएनएन, सुमल, मेस