बेलायती पार्लियामेन्टमा सूकिई

बेलायती पार्लियामेन्टमा सूकिई


लण्डन । पूर्व अक्स्फोर्ड युनिभर्सिटीकी विद्यार्थी तथा बर्मेली लोकतान्त्रिक नेतृ आङ् शान सूकिई २४ वर्षपछि पहिलोचोटि बेलायतको भ्रमणमा अर्को महिना आउँदैछिन् । नोबेल पुरस्कार प्राप्त गरिसकेकी सूकिई आगामी महिना एसियाली राष्ट्रहरु बाहिर पहिलोचोटि राज्यलाई प्रतिनिधित्व गर्दै बेलायतको निम्तोमा बेलायत भ्रमण गर्दै छिन् । सन् १९६०मा उनले अध्ययन गरेकी अक्स्फोर्ड युनिभर्सिटीबाट यस भ्रमणको समय उनलाई अनरेरी डिग्री प्रदान गरिंदै छ । यसै अवसरमा उनले बेलायती पार्लियामेन्टलाई बेलायती सरकारको अनुरोधमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसैबेला उनी आफ्ना छोराहरु र नातिहरुलाई भेट्ने छिन् । छोराहरु र नातिहरुलाई उनले विरलै भेट्न पाएकी छिन् । गत महिना बेलायती प्रधानमन्त्रि डेभिड क्यामरुन्को म्यानामार भ्रमणमा नृतृ आङ् शान सुकिईलाई बेलायत भ्रमणका लागि निमन्त्रणा गरेका थिए । नेतृ आङ शान् सुकिईका भ्रमणबाट म्यानमारमा लोकतन्त्र अभ्यासका लागि शुरु हुँदै गरेको सङ्केत मिलेको छ । बेलायत भ्रमणकै सिलसिलामा उनी आयरल्याण्ड र नर्वे भ्रमणमा पनि जाने समय तालिका रहेको उल्लेख गरेको छ । बर्माको दमनलाई परस्त गर्दै आफ्नो व्यक्तिगत साहसबाट जुन उपलब्धि हासिल गरिन त्यसलाई उत्सवको रुपमा मनाउन यस भ्रमणमा आएकी हुन् भनेर राजनीतिक आलोचकहरुले व्यक्त गरेका छन् । पश्चिमेली राष्ट्रहरुले बर्मालाई लोकतन्त्रतर्फ उन्मुख गर्न उनको कस्तो धारणा रहेको कुरा सीधै सम्पर्कबाट सुन्न चाहेका छन् । घरैमा नजरबन्द गरेर राखेकोले उनी विगत २२ वर्षभित्रको समयमा १५वर्षसम्म बाहिर निस्केकी थिईनन् । उनका पति माइकल अरिस क्यान्सर रोगले पीडित रहँदा उनले भेट्ने अनुमति पाईनन् । सन् १९९९ सालमा उनको पति क्यान्सर रोगका कारण मृत्यु हँुदा पनि बर्मेली सैनिक सरकारका कारणले गर्दा पतिको अन्तिम दाह संस्कारमा उपस्थित हुनुबाट वञ्चित भएकी थिइन् । श्रोत – गार्जियन, सुमल, मेस ।