-मुकेश राई
खडेरी छ कहिले यहाँ, कहिले अति वृष्टि सुम्निमा,
हिमाल, पहाड तराई, सबै तिम्रो सृष्टि सुम्निमा,
खण्डित कहिले नपारौं है राष्ट्र हाम्रो शान
सबैलाई समान देख्ने तिम्रो दृष्टि सुम्निमा !
तिम्रो रहरमा म फूल भई फुलिदिएँ
तिम्रो ईच्छामा हिमाल भई चुलिदिएँ
आफ्नो जीवन अर्पिएर तिम्रै निम्ति
तिम्रो दिलमा उज्यालो भई खुलिदिएँ !
प्रतिक्रिया