गोरखाको फिनामटारमा ट्याक्टर दुर्घटना, २ को मृत्यु

गोरखाको फिनामटारमा ट्याक्टर दुर्घटना, २ को मृत्यु


गोरखास्थित सिरानचोक–८ जौवारी नजिकै फिनामटारमा ट्याक्टर दुर्घटनामा परेको छ । भच्चेकबाट भालुस्वाँरातर्फ आउँदै गरेको ट्याक्टर दुर्घटनामा परेको हो।

ग १ त ४५४३ नम्वरको ट्याक्टर शुक्रबार अनियन्त्रित भइ सडकबाट दुई सय मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा अजिरकोट–४ सिरानडाँडाका ४५ वर्षीय सुकबहादुर तामाङ र सिरानचोक–५ डिस्काका १३ वर्षीय अमोल बिक रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । प्रहरीका अनुसार बिकको घटनास्थलमै ज्यान गएको थियो भने तामाङको जिल्ला अस्पताल गोरखामा उपचारको क्रममा ज्यान गएको थियो ।

गम्भिर घाइते अजिरकोट–३ भच्चेकका ३५ वर्षीय गोरे गुरुङलाई जिल्ला अस्पताल गोरखामा सामान्य उपचार पछि थप उपचारका लागि चितवनको भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।