लोकतान्त्रिक गठबन्धनको रातोमाटेमा पहिलो चुनावी सभा

लोकतान्त्रिक गठबन्धनको रातोमाटेमा पहिलो चुनावी सभा


नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको लोकतान्त्रिक गठबन्धनको आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चुनाव प्रचारप्रसार कार्यक्रम अन्र्तगत शनिबार हेटौंडा १५ रातोमाटेमा चुनावी सभा भएको छ ।

नेपाली काँग्रेसका १५ नम्बर वडा सभापति एवं निर्वाचित वडा अध्यक्ष महारत्न लामाको सभाध्यक्षता तथा नेपाल सरकारका उप्रधानमन्त्री, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष एवं मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापाको प्रमूख आथित्यतामा चुनावी सभा भएको थियो ।

सभामा प्रमूख अतिथि उपप्रधानमन्त्री एवं उम्मेदवार थापाले बाम गठबन्धनले आर्थिक समृद्धि, विकास निर्माण र स्थायी शान्ति नचाहेको भन्दै लोकतान्त्रिक गठबन्धनलाई जिताउन सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

कार्यक्रममा अथितिहरु नेपाली काँग्रेस मकवानपुरका प्रमूख सल्लाहकार एवं लोकतान्त्रिक गठबन्धनको प्रतिनिधि सभा क्षेत्र नम्बर १ को निर्वाचन परिचालन समिति संयोजक माईकल रामचन्द्र अर्याल, राप्रपा मकवानपुर अध्यक्ष गणेश थापा, निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश ख का उम्मेदवार अशोक शाक्य, नेपाली काँग्रेसका प्रवक्ता एवं लोकतान्त्रिक गठबन्धनको जिल्ला निर्वाचन प्रचारप्रसार संयोजक प्रदिप कोईराला, काँग्रेस जिल्ला सदस्यहरु ईन्दिरा न्यौपाने, महेन्द्र राउत, माधव आचार्य, राप्रपाका नेताहरु गुञ्जमान न्यौपाने, गुरुप्रसाद सापकोटा, काँग्रेस क्षेत्र नम्बर ३ का सभापति तारानाथ चौलागाईलगायतले मन्तव्य राख्नुभएको काँग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोईरालाले बताए ।