सकिमना पुन्हि मनाउँदै भक्तपुरका नेवार समुदाय

सकिमना पुन्हि मनाउँदै भक्तपुरका नेवार समुदाय


नेवार समुदायले सकिमना पुन्ही (पिँडालु उसिन्ने पूर्णिमा) धुमधामले मनाउँदैछन् । यस अवसरमा नेवार समुदायले विशेषगरी सकि (पिँडालु), चाकुही (सखरखण्ड) उसिनेर खाने प्रचलन रहेको छ ।

ऋतु अनुसारको उब्जनी आफ्नो उत्पादन ईष्ट देवलाई चढाएर मात्र खाने प्रचलन अनुसार नेवार समुदायले आजकोे दिन पिँडालु, सख्खर खण्ड लगायतका कण्डमुल उसिनेर आफ्ना ईष्टदेवलाई चढाएर खाने गरीन्छ । यसरी मौसम अनुसारको खानेकुराले शरिरलाई मौसम अनुकुल बनाउने र स्वस्थ हुने जनविश्वास रहेको छ ।

पर्वको अवसरमा प्रत्येक टोलमा दाफा भजन गर्दै साँझ मन्दिर अगाडि उसिनेको सखरखण्ड, पिडाँलु, भुटेका मकै, भट्मास र गहुँ, लगायतका बिभिन्न गेडागुडीहरुले विभिन्न देवी देवता तथा मन्दिरहरुको कलात्मक आकृति बनाई प्रदर्शन गर्ने गर्दछ । बेलुका त्यसैलाई प्रसादको रुपमा ग्रहण गर्ने प्रचलन रहेको छ । बाराही स्थानमा र यातु महादेव कमलबिनायक मा बिहानै बनाएर प्रदर्शन गरीन्छ भने सुर्यमढी, दत्तात्रीय, तमही लगायत अरु टोलहरुमा साझ बाट मात्र शुरु गर्ने गरीन्छ ।