महानगरपालिकाले २५ करोडमा खाल्डख्ल्डी पुर्ने

महानगरपालिकाले २५ करोडमा खाल्डख्ल्डी पुर्ने


काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने भित्री सडकका खाल्डाखुल्डी पुरेर कालोपत्रे गर्ने भएको छ ।

महानगरले २५ करोड रुपैयाँ लागतमा खाल्डाखुल्डी पुर्न लागेको हो । त्यसका लागि ठेक्का आह्वान गरिसकेको महानगरपालिकाले जनाएको छ ।

यही मंसिर पहिलो सातादेखि खाल्डाखुल्डी पुरेर कालोपत्रे सुरु गर्ने महानगरको योजना छ ।

महानगरपालिकाले भित्री सडक फराकिलो बनाउन योजना पनि अघि बढाएको छ ।

महानगर मातहतका ८ मिटरभन्दा कम चौडाइ भएका झण्डै २३ किलोमिटर भित्री सडक विस्तार गर्न लागिएको हो । (नागरिक दैनिक)