काठमाण्डौं । गत जेष्ठ ७ गते, नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पामाथि रिपोर्र्टर्स क्लबमा पत्रकारहरुले आक्रमण प्रयास गरेका छन् । उनीमाथि खिलानाथ कार्की नाम गरेका पत्रकारको नेतृत्वमा आक्रमणको प्रयास भएपछि प्रहरी आएर उनलाई सुरक्षा दिदै गरेको भीडीयो फेसबुकभर र्सवत्र प्रचार गरिएको छ ।
आइतबार रिपोर्र्टर्स क्लबमा भएको एउटा अन्तरक्रियाका क्रममा शेर्पाले नेपालको मिडियाले जनजातिको आवाज र जनजातिको आन्दोलनलाई सही ढंगले प्रसारण गरेन भनेर गुनासो राखेका थिए । “सुदूरपश्चिम अखण्ड भन्नेहरुको संचार माध्यममा निकै प्रचार भयो । तर त्यही ठाउंमा पचासौं हजार थारु आदिबासीहरुले गरेको आन्दोलनको निष्पक्ष प्रसारण भएन । दर्जनौ थारु कार्यकर्ताहरु प्रहरी र अखण्डवालाको आक्रमणबाट टिचिंग अस्पतालमा उपचार गराइरहेका छन् ।” उनीहरुको एउटा फोटो समेत पत्रपत्रिकाले छापेनन् । उनले भनेका थिए ।
शेर्पाले -१५ दिनसम्म अखण्डवालाहरुले बन्द गर्दा पत्रकार महासंघले विरोध जुलुस नगरेको तर जनजातिहरुले २ दिन बन्द गर्दा पत्रकार महासंघले जुलुस निकाल्न लागेको छ रे । त्यसमा होस् पुर्याउन भन्दै थिए, त्यही प्रसंगमा महासँघले त्यसरी विरोध गरे त्यसै नछाडिने सोही मञ्चबाटै भनेका थिए। तर त्यतिकैमा कसैले यसको समाचार नखिच भन्दै क्यामरा बन्द गरिदिएका थिए भने केही शेर्पा बोल्दै गरेको डाइसतर्फ गएर निकाल निकाल भन्दै उफ्रेका थिए । कार्यक्रम हलमा भएका केही मानिसहरुले उनलाई रोक्ने प्रयास गर्दा उनले शेर्पा बोल्दै गरेको डाइसमा पटक पटक हानेका थिए । बाहुन पत्रकारहरुलाई ठीक गरिदिने, खिँच्नुपर्दैन हाम्रो फोटो आदि शेर्पाले भनेका थिए भने सहभागी पत्रकारहरुमध्ये केहीले ‘जनजातिलाई निकाल, आइज हामी पनि देखाइदिन्छौं’ भनेका थिए । माथिको दुर्व्यवहार, महासचिव शेर्पाले पत्रकार महासँघलाई पत्रकारहरुकैअगाडि उभिएर जनजातिको कार्यक्रम बिथोले पत्रकार महासँघलाई हामी बाँकी राख्नेछैनौं भन्दै टेबुल बजाएपछि सहभागी पत्रकारहरु तातिएका थिए ।
शेर्पामाथि पत्रकारहरुबाट नै आक्रमण हुन थालेपछि प्रहरी आएर उनलाई सुरक्षा दिएर लगेको बताइएको छ । पत्रकारहरुले बन्दका क्रममा उनीहरुमाथि आक्रमण भएकाले शेर्पामाथि त्यस्तो दुर्व्यवहार भएको बताएका छन् । तर अधिकांश जसो संचार माध्यमहरुले भने उल्टै शेर्पाले पत्रकारलाई आक्रमण गर्ने धम्की दिएको भनेर समाचार सम्प्रेषण गरेका छन् । नेपालका सबैजसो प्रमुख संचार गृहहरु जस्तै कान्तिपूर, नागरिक लगायत प्रायले शेर्पाले पत्रकारहरुलाई सिध्याउने धम्की दिएको भनी समाचार बनाएका छन् । तर शेर्पामाथि दुर्व्यवहार गर्ने पत्रकारहरुको बारेमा एक शब्दसमेत लेखेका छैनन् । त्यसैगरी पत्रकार महासंघको नेतृत्वमा जनजातिहरुविरुद्ध जुलुस पनि प्रदर्शन गरिएको छ ।
अहिले शेर्पामाथि आक्रमणको प्रयास भएको भीडीयो फेसबुकमा हालेर उल्टै उनी र सम्पूर्ण जनजातिहरुविरुद्ध विष बमन गरिएको छ । जनजाति आन्दोलन विदेशी डलरले गराएको भनेर आरोपित गरिएको छ । कतिले त आङकाजीले डलर खाएर बोलेको भन्दै अपशब्द लेखेका छन् ।-कास, मेस
प्रतिक्रिया