आँखाको क्यान्सरसम्बन्धी सम्पूर्ण उपचार तिलगंगाबाटै

आँखाको क्यान्सरसम्बन्धी सम्पूर्ण उपचार तिलगंगाबाटै


तिलगंगा आँखा अस्पतालले आँखाको क्यान्सरसम्बन्धी सम्पूर्ण उपचार दिने भएको छ ।

यसका लागि अस्पतालले पहिलो चरणमा गत साउनदेखि नै ‘आइ अन्कोलोजी’ (आँखा क्यान्सर विभाग) खोलेको छ भने अस्पतालमै किमोथेरापीलगायत अन्य उपचार सेवासमेत सुरु भइसकेको छ ।

पाँच वर्ष मुनीका बालबालिकाको रेटिना (दृष्टि पर्दा) र कन्जनटाई (आँखाको नानी वरिपरि) मा हुने क्यान्सर, अरबिट (आँखाको गेडाको पछिल्लो भाग) लगायत अंगमा हुने क्यान्सर आँखा क्यान्सरभित्र पर्छन् । (नागरिक दैनिक)