खेत खलोमै पुगेर मतदाता भेट्दै गोरखाका कांग्रेस उम्मेद्वार बजगाई

खेत खलोमै पुगेर मतदाता भेट्दै गोरखाका कांग्रेस उम्मेद्वार बजगाई


उम्मेद्वारलाई जस्तै यतिबेला किसानलाई पनि चटारो छ । पाकेको धान, भट्टमास भित्राउन किसानहरु खेतखलोमा ब्यस्त छन् ।

गाउँ गाउँमा मत माग्न पुगेका उम्मेदवारहरु मतदातालाई भेट्न खेतमै पुगेका हुन् । उम्मेद्वारहरुले खेतबारीमै पुगेर आफूलाई भोट दिन आग्रह गरिरहेका छन् । ‘विहान बेलुका घरमा भेटहुन्छ दिउसो त खेतबारीमै पुग्नुपर्छ ।’ नेपाली कांग्रेस गोरखा क्षेत्र नं १ ‘ख’ का उम्मेदवार राजेन्द्र बजगाँईले भने, ‘खेतखलो मै पुगेर मतदाताहरुसँग मत मागीरहेका छौं ।

निर्बाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका चिनकाजी श्रेष्ठ र सोही क्षेत्रका प्रदेश ‘क’ का उम्मेदवार धिरन थापा सँगसँगै मतदाता भेटघाटमा ब्यस्त छन् । ‘आफ्नो क्षेत्रमा रहेका विभिन्न गाउँपालिका र वडाहरुमा मत माग्दै छौं ।’, उनिहरुले भने, ‘मतदाताको राम्रो माया पाएका छौं । जित्नेमा ढुक्क छौं ।’

घरदैलोमा निस्किएका तीनैजना उम्मेदवारहरु घरमा मतदाता नभेटेपछि किसानकै खेतखलोमा पुगेर किसानसँगै धान चुट्ने, बिटा बाँध्ने तथा धान काट्दै मत मागेका छन् ।

प्रत्यक्ष उम्मेदवार श्रेष्ठ र प्रदेश क का उम्मेदवार थापा तथा ख का उम्मेदवार बजगाई चुनावी क्षेत्रमा घरदैलोमा ब्यस्त रहेका छन् । कांग्रेसका युवा नेता तथा प्रदेश ख का उम्मेदवार बजगाईले किसानसँगै धान चुटेको र बिटा बाँध्दैं मत मागेको तस्विर सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् ।

जिल्लाका किसानलाई यतिबेला धान थन्काउने चटारो छ । दिउँसोको समयमा धानबारीमा पुगेका मतदाता भेट्न उम्मेद्वारपनि खेतखलोमै पुगेका हुन् ।