लण्डन । एउटा चर्च च्यारिटी संस्थाले बेलायतका दश ठाउँमध्ये इङ्गल्याण्डको उत्तर पश्चिममा अवस्थित नौवटा ठाउँहरु गरिबी क्षेत्र ठहर भएको प्रतिवेदनमा दर्शाएको छ । चर्च उर्बान फण्ड (सीयूएफ)को अध्ययनले ग्रेटर म्यान्चेस्टर, लिभरपुल र ल्याङ्काशायर क्षेत्रहरु गरिबीबाट प्रभावित छन् भन्ने कुरा देखाएको छ । गरिबीमा तल्लो स्तर कायम गर्ने दशवटा ठाउँ मध्येका उत्तर पश्चिम इङ्गल्याण्ड बाहिरका क्षेत्रमध्येमा मिडल्स बोरोहस्थित क्यानोनपार्क मात्र एउटा ठाउँ अध्ययनको सूचीमा परेको छ । सीयूएफका अध्यक्ष, पाल ह्याकवूडका अनुसार यस तथ्याङ्कले बेलायतमा बृहत गरिबीको तथ्यबारे जानकारी दिएको कुरा बताएका छन् । सरकारी तथ्याङ्कहरुसंग आबद्ध रहि च्यारिटीको अनलाईन सूचकाङ्क सूचकबाट सूचीकृत गरिएको यस अध्ययनमा बेलायतका मानिसहरुको बाँच्ने औसत आयु तथा बच्चाहरु कति गरिबीमा जीवनज्ञापन गरिरहेका छन् भन्ने विषयहरुमा अध्ययन गरिएको थियो ।
लिभरपुलका पाँचवटा क्षेत्रहरु गरिबीको हिसाबमा प्रथम दशवटाको सूचीमा देखाइएको छ । टोक्स्टिथ वेस्टका बच्चाहरु ६४ प्रतिशत गरिबीमा हुर्किएका पाइएको छ भने ६३ प्रतिशत यस क्षेत्रका पेन्शनरहरु गरिबीमा जीवन गुजारा गरिहेका तथ्य फेला पारेको छ । ग्रेटर म्यान्चेस्टरका ओल्डहामस्थित शाउरोड, रोच्डेल किरखोल्ट र म्यान्चेस्टर कोलिहस्र्टमा तीनगुणा गरिबीको असर देखा परेको छ । ब्ल्याकपुलको साउथशोरका पुरुषहरुको औसत बाँच्ने उमेर सबैभन्दा कम ६६ वर्ष रहेको अध्ययनले देखाएको छ । सीयूएफले दशवटा देशका समृद्ध क्षेत्रहरुको पनि अध्ययन गरेको छ । टपटेन मध्ये साथवटा क्षेत्रहरु साउथइष्ट इङ्गल्याण्डमा पर्छन् । ती टप टेनका प्रथम तीनवटा क्षेत्रहरु क्रमशः एल्डरलएिज, ह्वेलडे«क र हाउटन अन द हिलहरु हुन् । इङ्गल्याण्डभरि गरिबहरुलाई सहयोग गर्ने धेयले सीयूएफको स्थापना सन् १९८७ सालमा गरिएको थियो । श्रोत – बीबीसी, सुमल, मेस ।
प्रतिक्रिया