जन्मदाताहरुकै हातबाटै मृत्यु

जन्मदाताहरुकै हातबाटै मृत्यु


लण्डन । एउटा दम्पतिले आफ्नै १७ वर्षीया किशोरी छोरीलाई सन् २००३ सालमा अनुहार ब्यागभित्र छिराएर श्वासनली थुनी मारेको अभियोगमा मुद्धा चलिरहेको छ । मृतककी सानी बहिनी १४ वर्षीया (त्यतिबेला) अलिशाले हत्या गरेको दृष्या प्रत्यक्ष देखेकी बयानको आधारमा बुबाआमामाथि मुद्धा चलाइको कुरा प्रकाशमा आएको छ । तर, उनले यस घटनालाई सात वर्षसम्म गोप्य राखेकी थिईन् । ५३ वर्षीय बुबा इफ्तिखर अहमेद र ४९ वर्षीय आमा फरजानाले यस आरोपलाई स्वीकारेका छैनन् । आदलतमा चलेको बहसमा १७ वर्षीय छोरी सफेलिया अहमेद आफ्नो परम्परा र संस्कार त्यागेर पूर्णतया पश्चिमेली भइसकेकीले लोकलाजबाट बच्न र आफ्नो परिवारको इज्जत ढाक्नको लागि हत्या गरेको कुरा आदलतमा खुल्नआएको छ ।
सफेलिया पुरै बेलायती किशोरी भइसकेकीले उनलाई सही बाटोमा ल्याएर आफ्नो संस्कारबमोजिम उनलाई परिवर्तन गर्नका लागि बुबाआमाले धेरै उपाय अपनाएका थिए । पछि आएर सालभरि यातना दिएर जबरजस्ती उनलाई बाटोमा ल्याउन नसकेपछि हत्या गरेको कुरा अदालतको प्रक्रियामा बयानहरुबाट थाहा लागेको छ । उनलाई पाकिस्तानमा लगेर जबरजस्ती विवाह गराइदिने प्रयास गरेका थिए । पाकिस्तानबाट फर्केपछि मर्नु एक महिनाअघि उनले ब्लीच खाएर आत्महत्या गर्ने प्रयास पनि गरेकी थिईन् । सन् २००२ र २००३मा दुई पटक घरबाट भागेकीले उनको बाबाआमाले छोरीको आचरणमा गर्व गर्ने कुरा धुलोमा मिलाई दिएकी थिईन् ।
सफेलियाले अरु किशोरीहरु सरह किशोर केटा साथी बनाउन चाहन्थिन् भन्ने कुरा आदलतले प्रकाश पारेको थियो । सफेलियाको सडेको लाश सन् २००४को फेब्रुअरी महिनामा कम्ब्रियाको एम ६ मा कामदारहरुले काम गर्दा भेट्टाएका थिए । सन् २०१० सालको अगस्त महिनासम्म हत्याको रहस्य खुलेको थिएन । तर, मृतककी बहिनी अलिशालाई आफ्नै केशायरस्थित बारिङ्टनको घरमा डकैती गरेको अभियोगमा पक्राउ परेपछि उनले प्रहरीसमक्ष आफ्नी दिदीलाई बुबाआमा मिलेर मारेका कुरा बताई दिएका थिए । मुद्धाको अन्तिम निर्णय भएको छैन । बुबाआमाले आफूहरुले हत्या गरेको भनेर स्वीकार गरेका छैनन् । श्रोत –नेट, सुमल, मेस ।