भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु

भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु


सुनसरीको भोक्राहा गाउँपालिका–४ मा सोमबार साँझ भारतीय ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भोक्राहा गाउँपालिका–१ का रामकुमार बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको पिबी ०५ वाई ९९२९ नंको भारतीय ट्रकले सोही दिशाबाट जाँदै गरेको को ११ प १६९५ नंको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार रामकुमारको मृत्यु भएको हो ।

सोही मोटरसाइकलमा सवार एकजना घाइते भएका छन् । घाइते हुनेमा स्थानीयवासी डिल्ली बुढाथोकी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए । उनका अनुसार घाइतेको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । राससका अनुसार शव परीक्षणका लागि जिल्ला अस्पताल, इनरुवामा राखिएको छ भने ठक्कर दिने सवारी प्रहरीको नियन्त्रणमा रहेको जिप्रका सुनसरीले जनाएको छ ।