सयौँ कार्यकर्ता राजपा प्रवेश

सयौँ कार्यकर्ता राजपा प्रवेश


विभिन्न पार्टी परित्याग गरी एक साथ सयौँको सङ्ख्यामा राजनीतिक कार्यकर्ताहरू आज राजपा प्रवेश गरेका छन् । पर्साको वीरगञ्ज महानगरपालिका वडा नं १६ इनर्वा टोलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनता पार्टीका महासचिव राजेशमान सिंहले अगामी मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी बनाउने अभियानमा जुट्न आग्रह गरे । पार्टी प्रवेश गरेर मात्र नहुने चेतावनी दिँदै उनले पार्टीको नीति–सिद्धान्तअनुसार आफ्ना उम्मेदवारहरूलाई विजयी तुल्याउन आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्न उनले सुझाव दिए । कार्यक्रम महम्मद रेयाजुल हकको अध्यक्षता सम्पन्न भएको थियो ।

– प्रणय साह