मधेसको अधिकारका लागि कांग्रेसलाई पूर्ण बहुमत चाहियो : देउवा

मधेसको अधिकारका लागि कांग्रेसलाई पूर्ण बहुमत चाहियो : देउवा


प्रधानमन्त्री शेरबहादुर देउवाले मधेसी जनताको अधिकारका लागि नेपाली कांग्रेसको पूर्ण बहुमत आवश्यक भएको बताएका छन् । कांग्रेसले जितेको अवस्थामा मात्रै मधेसी जनताले अधिकार पाउने भन्दै कांग्रेस सभापति समेत रहेका देउवाले जनतासामु हात जेड्दै मत मागेका हुन् ।

नेपाली कांग्रेस धनुषाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै देउवाले आफूले मधेसी जनताको अधिकारको लागि संविधान संसोधनको प्रस्ताव संसदमा पेस गरेको भएपनि एमाले र माओवादीको साथ नपाउँदा पारित गराउन नसकिएको बताए ।

निर्वाचनलाई केन्द्रित गरेर आयोजना गरिएको प्रदेश नम्बर दुईको सुरक्षा गोष्ठीमा समेत प्रधानमन्त्री देउवाले सहभागी भएका थिए । देउवाले मधेसका जनताको अधिकार संविधानमै सुनिश्चित गर्नको लागि आफूहरु तयार रहेको तर वामपन्थीहरुले अधिकार दिन नचाहेको आरोप लगाए ।

कार्यक्रममा बोल्दै देउवाले जनताको अधिकार र संविधानको कार्यान्वयनको लागि हुन लागेको निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने निर्देशन दिएका थिए ।