मन्त्रीलाई विनाविभागीय बनाएर देउवाले अधिनायकवाद लादे : मन्त्री पोखरेल

मन्त्रीलाई विनाविभागीय बनाएर देउवाले अधिनायकवाद लादे : मन्त्री पोखरेल


माओवादी केन्द्रका नेता तथा बिना विभागिय मन्त्री गिरिराजमणि पोखरेलले दुई चरणमा हुने चुनावमा एमाले पहिलो पार्टी बन्नेमा शंका नरहेका कारण पनि प्रधानमन्त्री देउवा तर्सिएर अधिनायकवाद लाध्न खोजेको आरोप लगाएका छन् ।

उनले संविधानले हटाउन नसक्ने मन्त्रिलाई विना विभागिय बनाएर प्रधानमन्त्रि शेरबहादुर देउवाले अधिनायकवादी चरित्र देखाएको आरोप लगाए । महोत्तरी क्षेत्र नं.१ बाट बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार समेत रहेका पेखरेलले दुईचरणमा हुन लागेको चुनावमा कांग्रेस एमाले र माओवादी पछाडी रहेको बताए ।

‘चुनावका लागि दुई दलको गठबन्धन खप्न नसक्नेर श्रोत साधनमाथि कब्जा जमाउन मन्त्रीलाई बिना विभागिय बनाएर गठबन्धनलाई अधिनायकवाद भन्नु कांग्रेस नेतृत्व भयग्रस्त, कमजोर र आतंकी भएको हो,’ उनले भने, ‘बाम गठबनधन अधिनायकावाद होइन । गठबन्धनबाट भयवित कांग्रेस नेतृत्वले श्रोत साधनमाथि कब्जा गरेर अधिनायकवाद प्रवृति देखाएको छ ।’

‘मंसिर १० र २१ गते हुने दुई चरणको प्रतिनिधि र प्रदेशसभाको चुनावमा एमाले पहिलो र माओवादी दोश्रो ठुलो दल्ल बन्ने निश्चित छ,’ पोखरेलले भने, ‘एमाले र माओवादीको बाम गठबन्धनबाट डराएको कांग्रेस तेश्रो स्थानमा आउन नसक्ने अवस्था छ ।’

 

 

 

http://bit.ly/2zqfmY0