गुरुङ भन्छन् – ‘कांग्रेसले एक दर्जन सिट पनि जित्न सक्दैन’

गुरुङ भन्छन् – ‘कांग्रेसले एक दर्जन सिट पनि जित्न सक्दैन’


एमालेका स्थायी कमिटीका सदस्य तथा पुर्व मन्त्री किरण गुरुङले नेपाली कांग्रेसले अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका छन् ।

वामहरु एक हुँदा कांग्रेसले १ दर्जन सिट पनि जित्न नसक्ने भन्दै कांग्रेस नाम मात्रकाे प्रजातान्त्रिक पार्टी भएको र कांग्रेसका कुनै नेतासँग लोकतान्त्रिक भावना नभएको बताए ।

तनहुँको दमौलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता गुरुङले स्थिर सरकारको लागि वमहरु एक ठाउँ हुनुपर्ने बताए । कांग्रेसले व्यक्तिबादी ढङ्गबाट पार्टी चलाएको र देश लुट्ने काम गरेको आरोप लगाए ।

गुरुङले नगरलाइ सफा र स्वच्छ राख्न विशेष पहल गर्ने र आफ्नो प्राथमिकतामा तनहुँ जलविद्युत आयोजनालाई समयमै सम्पन्न गर्न भुमिका खेल्ने बताए । भिमाद डेढ्गाउ मोटर मार्गलाई कालोपत्रे गर्ने लगायतका विकासका योजनाहरु रहेको उनले बताए ।

नेता गुरुङले गाउँको विकासको लागि आफुले सघन बस्ती कार्यक्रम गरिने बताए । सहरी विकासको योजना बनाएर बृहत् कार्यक्रम संचालन गरि विकासको फड्को मार्न तिर लाग्ने बताए ।

महिला र बालबालिकालाई गर्ने हिंसाको अन्त्य गर्ने युवाहरुको लागि छुट्टै प्याकेजको व्यवस्था गर्ने भन्दै जेष्ठ नागरिकहरुको लागि छुट्टै आश्रमको व्यवस्था गर्न आफू लाग्ने जानकारी दिए ।