विकट हिमाली जिल्ला मुगुका १८ मतदान केन्द्र अति संवेदनशिल

विकट हिमाली जिल्ला मुगुका १८ मतदान केन्द्र अति संवेदनशिल


बिकट हिमाली जिल्ला मुगुमा तीन गाउँपालिका र एक नगरपालिकामा रहेका ६० वटा मतदान केन्द्रमध्ये १८ मतदान केन्द्र अति संवेदनशील रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला सुरक्षा समिति र जिल्ला निर्वाचन समन्वय समितिले जिल्लाका चारवटै स्थानीय तहमा रहेका मतदान केन्द्रलाई गएको बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचन तथा २०७० सालमा भएको दोस्रो संविधान सभाको निर्वाचनको अवस्थालाई विश्लेषण गरि १८ मतदान केन्द्र अति संवेदनशीलको सुचिमा राखेको हो ।

अति संवेदनशील मानिएका मतदान केन्द्रहरुमा छायाँनाथ रारा नगरपालिकास्थित महाकाली मावि, सरस्वती निमावी लुम्स, निमावि शोभा, प्रभात मावि रोवा रहेकाछन । त्यस्तै गरि सोरु गाउँपालिकामा प्रावि जिमा, प्रावि बुम्च, भवानी मावि पुरुमुरु, मावि धुपीचौर, प्रावि नेहेर, प्रावि लिब्रु, गुरु मावि भिई, जगतमाला मावि धैनकोट मतदान केन्द्र अति संवेदनशीलको सुचिमा परेका छन् ।

खत्याड गाउँपालिका अन्र्तगत प्रावि डुमाना, प्रावि ह्याँग्लु, प्रावि आम, खमाले र चिन्तुलाई अति संवेदनशील मतदान केन्द्रका रुपमा सुचिकृत गरिएको जिल्ला निर्वाचन कार्यालयका निमित्त कार्यालय प्रमुख राजिमान बुढाले जानकारी दिए ।

निमित्त कार्यालय प्रमुख बुढाका अनुसार जिल्ला सुरक्षा निकायको छलफल अनुसार जिल्लामा कुल ६० मतदान केन्द्रमध्ये १९ वटा मतदान केन्द्र संवेदनशील र २३ वटा मतदान केन्द्र सामान्य संवेदनशील रहेका छन् भने जिल्लामा १८ अति संवेदनशील मतदान केन्द्र रहेको र जिल्ला सुरक्षाको यही गतिमा खटिएको समेत बुढाले जनाएका छन ।

जिल्लाको कुल जनसंख्या ५६ हजार ३ सय रहेको छ भने कुल मतदाता संख्या ३० हजार १५ रहेको छ । जसअनुसार पुरुष १५ हजार ६ सय ६७ जना महिला १४ हजार ३ सय ३४ जना मतदाताहरुको सुरक्षाको लागि सुरक्षा रणनिति निकै कडा बनाईएको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उमाकान्त अघिकारीले बताएका छन ।