बारा क्षेत्र नं ३ मा त्रिकोणात्मक लडाइँ

बारा क्षेत्र नं ३ मा त्रिकोणात्मक लडाइँ


बारा निर्वाचन क्षेत्र नं ३ मा त्रिकोणात्मक लडाइँ हुने भएको छ ।

आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन क्षेत्र नं ३ मा नेपाली काँग्रेसबाट सरकारका वर्तमान मन्त्री फरमुल्लाह मंसुर, संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष रामबाबुकुमार यादव, र वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) का पूर्व जिल्ला सचिव अध्यानन्द पाण्डे चुनावी प्रतिष्पर्धामा उत्रेका छन् ।

तिनै नेताहरु बीच प्रतिष्पर्धा हुने कुरा मतदाता बताउँछन् । तर चुनावमा बाजी कसले मार्ला भन्ने कुरा त निर्वाचनको परिमाणले देखाउँछ । सरकारका मन्त्री मंसुर देश र जनताका लागि काम गरेर लोकप्रियता बटुलेका उम्मेदवारका रुपमा परिचित रहेका छन् ।

त्यति मात्र नभई विकासप्रेमीका रुपमा पनि उत्तिकै लोकप्रिय रहेका छन् छ मन्त्री मंसुर । फोरम नेपालका अध्यक्ष यादव भने तराई मधेशको आन्दोलनमा बारामा निकै महत्वपूर्ण भूमिका निर्वाह गरी मधेशको हकअधिकारका लागि अहोरात्र खट्नुभएका पात्रका रुपमा जिल्लाभरि नै चर्चा कमाएका छन् ।

त्यसैगरी, वाम गठबन्धनका उम्मेदवार पाण्डे पनि सरल, अनुशासित, जनप्रेमी, विकासप्रेमी, समाजसेवीका रुपमा जिल्लामा नै परिचित नेताका रुपमा गनिन्छन् ।

त्यसैले निर्वाचन क्षेत्र नं ३ का तीनै उम्मेदवार आफ्नो ठाउँमा बलिया नै रहेकाले तिव्र प्रतिष्पर्धा हुने देखिन्छ । राससका अनुसार निर्वाचन क्षेत्र नं ३ मा कुल ८४ हजार ६६९ मतदाता रहेका छन् ।