निर्वाचनका कारण देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार सुनसान बन्दै

निर्वाचनका कारण देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार सुनसान बन्दै


–छविलाल बगाले
यतिबेला मुलुक निर्वाचनमय बनिसकेको छ । आगामी मंसिर १० र २१ गतेका लागि तय भएको प्रदेश तथा प्रतिनिधी सभाको निर्बाचनले शहरबजारदेखि गाउँघरसम्म चहलपहल बढ्न थालेको छ । नेताहरु घरदैलो अभियानमा तल्लिन हुँदै मतदातासँग मत माग्न ब्यस्त भइरहेका छन् ।

यसैकारण पनि हुन सक्छ देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार सुनसान जस्तै बनेको छ । विगतमा सिंहदरवारमा देखिने सेवाग्राहीको चाप ७५ प्रतिशतले कम भएको छ ।

मन्त्रिपरिषदरमा भएका ६४ सदस्यमध्ये अधिकांश सदस्यहरु मंसिर १० र मंसिर २१ गते गरी दुई चरणमा हुन लागेका संघीय र प्रादेशिक चुनावमा उम्मेदवार बनेका छन् । उनीहरु प्रायजसो आजकाल मन्त्रालयमा अनुपस्थित रहने गरेका छन् । यसै कारण पनि सिंहदरबार क्षेत्र सुनसान बनेको ।

मन्त्रालयमा मन्त्रीहरु नभएपछि उनीहरुको कार्यकक्ष पनि सुनसान छन् । उनीहरुको अनुपस्थितिले कतिपय महत्वपूर्ण निर्णयहरु रोकिएको अधिकारीहरु बताउउँछन् ।

भेटघाट तथा आफ्ना काम लिएर सिंहदरबार धाउने नेता तथा कार्यकर्ता, सर्बसाधारणहरुको संख्या विगतको तुलनामा निकै कमी आएको पाइएको छ । यता, सिंहदरबारभित्र कार्यालय समयमा अत्याधिक भीड हुने चमेना गृहहरुमा पनि मानिसहरु छाडेका छन् ।

मुलुकभरी निर्बाचनको सरगर्मी बढेकै कारण सिंहदरबार प्रवेशका लागि चाहिने पत्र लिन पुग्नेहरुको संख्यामा पनि केही दिनदेखि कमी आएको छ । उता प्रायजसो चहलपहल भइरहने प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय पनि विगतको तुलानामा चहलपहल कम भएको छ ।

एक अधिकारीका अनुसार कार्यालयमा गर्नुपर्ने निर्णयहरु चाङ लगाएर राखिएको छ । ‘अधिकांश मन्त्रीहरु निर्बाचनमा भाग लिएका छन् ।’ उनले भने, ‘मन्त्रालयमा काम लिएर आउने सेवाग्राहीको संख्या पनि निकै कम हुन थालेको छ ।’