फुकूशिमाको ब्लूफिन् टूना माछामा सङ्क्रमण

फुकूशिमाको ब्लूफिन् टूना माछामा सङ्क्रमण


लण्डन । गत वर्ष जापानको फुकूशिमा क्षेत्रमा सुनामी र महाभूकम्पको दुर्घटनामा क्षतिग्रस्त हुन पुगेको आणविक भट्टीबाट फैलिएको रेडियोधर्मिताले जापानको समुन्द्रलाई प्रदुषित पारेको थियो । समुन्द्रभित्र रहेका टूना माछाहरुलाई समेत यस प्रदुषणले सङ्क्रमण गरेको तथ्य फेला पारेको समाचार प्रकाशमा आएको छ । आणविक भट्टीबाट फैलिएको रेडियोधर्मिताबाट सङ्क्रमित ब्लूफिन् (माछाको शरीरलाई नियन्त्रण गर्ने पखेटाजस्ता स-साना नीलो रङ्का फिनहरु) टूना माछालाई प्रशान्त सागरबाट टाढा अमेरिकाको क्यालिफोर्नियास्थित सामुन्द्रिक तटमा फेला पारेका छन् । विज्ञहरुले जापानी समुन्द्रको पानीमा खेलिरहेको अवस्थामा सुनामीको कारण दुर्घटनाग्रस्त भएर फुकूशिमा आणविक भट्टीबाट फैलिएको रेडियोधर्मिता टूना माछाहरुमा सङ्क्रमण भएको कुरालाई स्वीकार गरेका छन् । ती माछाहरु चरणको क्रममा यात्रा गर्दै क्यालिफोर्नियासम्म पुगेको कुरा विज्ञहरुले व्यक्त गरेका छन् । यद्यपि ती माछाहरु रेडियोधार्मिताबाट प्रदुषित वा प्रभावित भएता पनि अहारको रुपमा सेवन गर्दा सुरक्षित रहेको कुरा बताएका छन् । तर, किन यति टाढासम्म घुमन्ते भएर फिरुन्जेल रेडियोधर्मिताको असर यी माछाहरुमा पाइएको रहेछ भन्ने विषयमा विज्ञहरु अझ गहन अध्ययन गरिरहेका छन् ।
बीबीसीलाई उद्धृत गर्दै न्यूयोर्कस्थित ब्रूक युनिभर्सिटीका प्रोफेसर निकोलास फिशरले … यो हाम्रो लागि एउटा पाठ सिक्ने मौका आएको छ कि कसरी वातावरणीय सन्तुलन एक आपसमा निहित रहन्छ र हजारौ माइल परसम्मको असर एकआपसमा जुडिएका हुन्छन् भन्ने तथ्यपरक कुराहरु .. भनेका थिए । फिशर तथा उनका साथीहरुले यस अध्ययनबाट प्राप्त प्रतिवेदन प्रोसिडिङ्स अफ द नेशनल एकाडेमी अफ साइन्सेज जोर्नलमा सम्प्रेशन गरिएको छ । अध्ययन टोलीले अघिल्लो वर्ष आणविक भट्टीबाट रेडियोधर्मिता फैलिएको केही महिनाभित्र, अगस्त २०११ सालमा १५वटा ब्लूफिन् टूना माछाहरुलाई निकालेर ती माछाहरुका टिश्युहरु परिक्षण गरेका थिए । ती टूना माछाहरु चरणको क्रममा जापानी समुन्द्र हुँदै क्यालिफोर्नियासम्म पुगेको कुरा अध्ययनले प्रमाणित गरेको छ । श्रोत – बीबीसी, सुमल, मेस ।